चिसो बढेसँगै स्वाइन फ्लुको जोखिम, कसरी बच्ने ?

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बढ्दो ठन्डीसँगै स्वाइन फ्लु (एच१एन१) को खतरा पनि उत्तिकै बढ्ने गर्छ । चिसो अधिक बढेसँगै इन्फ्लुएन्जा लाइक इलनेस (आइएलआई) का बिरामी देखापर्ने सम्भावना पनि औँल्याउन थालिएको छ । हाम्रा कतिपय छिमेकी देशमा इन्फ्लुएन्जा संक्रमणको खतरा औँल्याउँदै सरकारले एड्भाइजरी जारी गरिसकेको अवस्थामा हामीले पनि यसको संक्रमणबाट बच्न समयमै सावधानी उपनाउनु आवश्यक छ ।इन्फ्लुएन्जा (एच१एन१) को संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा निकै तीव्र गतिमा फैलिन्छ । यस्तोमा सावधानी अपनाउनु नै यसबाट बच्ने उपाय हो ।इन्फ्लुएन्जाको संक्रमण भएमा–
१. यदि नाकबाट पानी बगिरहेको छ र खोकी छ भने मुखलाई रुमाल वा नेपकिन पेपरले ढाकेर राख्नुहोस् । हाच्छियूँ आउनेबित्तिकै यसलाई परिवर्तन गर्नुहोस् ।
२. आफ्नो हातलाई साबुनपानीले धुनुहोस् र अल्कोहल बेस्ड जेल लगाउनुहोस् ।
३. आँखा, नाक र मुखमा नछुनुहोस् ।
४. पूरा निद्रा सुत्नुहोस् ।
५. पर्याप्त मात्रामा पानी पिउनुहोस् र पोषणयुक्त खानेकुरा बढीभन्दा बढी खानुहोस् ।

यी लक्षण देखिएमा सतर्क हुनुहोस्–
१. तीव्र खोकी, गला (घाँटी)मा तीव्र दुखाइ ।
२. नाकबाट पानी बग्नु, श्वास लिनमा समस्या ।
३. शरीर र टाउकोमा दुखाइ ।
४. रिँगटा लाग्नु ।
५. थुकमा रगत मिसिएर आउनु ।

यी व्यक्तिलाई बढी खतरा–
मुटुरोगी, गर्भवती महिला, हाइपरटेन्सन र डायबेटिजका बिरामीलाई यो भाइरसले शीघ्र आक्रमण गर्छ । ६५ वर्षमाथिका बुज्रुग र ५ वर्षमुनिका बच्चाले विशेष रुपमा सावधानी अपनाउनु जरुरी हुन्छ ।

यी सावधानी अपनाएर संक्रमणबाट बच्नुहोस्–
१. सम्भव भएसम्म कसैसँग पनि हात नमिलाउनुहोस् ।
२. भिडभाडमा जानबाट बच्नुहोस् ।
३. चिकित्सकको सल्लाहविना औषधिको प्रयोग नगर्नुहोस् ।
४. अति आवश्यक नपरी भ्रमण नगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय