स्टार अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु, ३५ घातक रोगको उपचार समेटिने

ललितपुरस्थित स्टार अस्पतालले स्टार अस्योरेन्स प्याकेज सुरुवात गरेको छ । शनिबार एक कार्यक्रम गर्दै अस्पतालले प्याकेजको सुरु गरेको जानकारी दिएको छ । स्वास्थ्य बिमा, जीवन बिमा, र कल्याण स्वास्थ्य योजना प्याकेजमा समावेश भएका छन् । शिखर बिमा कम्पनी र नागरिक जीवन बिमा कम्पनीको सहकार्यमा बिमा कार्यक्रम सञ्चालन भएको अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले जनाकारी दिए ।

स्वास्थ्य बिमा अन्तर्गत ३५ वटा घातक रोगको उपचार तथा १ सय ५० भन्दा बढी स–सना रोगको उपचार हुने अस्पतालले जनाएको छ । जसमा रोगअनुसार व्यक्तिगत रुपमा ५० हजारदेखि १० लाखसम्म र परिवारको लागि ५० हजारदेखि २० लाखसम्मको उपचारको सेवा– सुविधा रहेको छ ।
संसारभर स्वास्थ्य सेवा मंहगो बन्दै गएको छ, त्यसमा नेपालमा पनि अछुत रहेको छैन । ‘नेपाल सरकारले गरेको स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउनको लागि हामीले पनि बिमा योजना सञ्चालन गरेका छौ,’ डा. रुपाखेती भन्छन्,‘ सरकारसँग हातेमालो गर्दै अघि बढ्न चाहन्छौ ।’
बिमा कार्यक्रममा समावेश भएपछि अस्पताल कार्डको व्यवस्था गर्ने र कार्डको मार्फतबाट अस्पतालबाट तोकिए बमोजिमको सेवा सुविधा प्राप्त हुने अस्पतालले जनाएको छ ।
सरकारले स्वास्थ्य विमा देशव्यापी रुपमा पुर्याउन नसकेको अवस्थमा निजी अस्पतालले बिमा कार्यक्रम समावेश गरेर महत्वपूर्ण कामको थालनी गरेको राष्ट्र«सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिनाले बताए । हामी बिरामी परेपछि मात्र उपचारको खोजीमा धेरै रकम खर्च गर्ने गरेका छौ, तिमल्सिनाले भने,‘ बिमा कार्यक्रममा समावेश हुँदा यत्रो त्यो जोगिन्थ्यो ।’

तिमल्सिनाले रोगीहरुको उपचार कति गर्यौँ भन्ने तथ्यांक निकाल्नुभन्दा पनि कति रोगीहरु अस्पताल आउने संख्या घट्यो भन्न महत्वपुर्ण हुने बताए ।
विशेष अतिथिमा रहेका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले अस्पतालले गरेको स्वास्थ्य बिमाको कार्यक्रमलाई परिमाणमुखी बनाउनको लागि आग्रह गरे । सरकार ल्याएको स्वास्थ्य बिमा कार्यक्रमलाई यस प्याकेजले थप सहयोग पुग्ने रावतको भनाइ थियो । ‘निजि अस्पतालहरु नाफामुखी नभई सेवामुखी तर्फ उन्मुख हुनुपर्दछ, मन्त्री रावतले भने,‘ यसको लागि उपत्यकामा मात्र सिमित नभएर देशको कुना–काप्चामा यो सेवा दिन आवश्यक छ ।’
सन् २००६ मा स्थापना भएको स्टार अस्पतालल नेपाल स्वास्थ्य र जनसंख्या मन्त्रालयले आफ्नो भौतिक सुविधा निमार्ण गर्ने सन्दर्भमा तोकेको मापदण्ड पुरा गर्ने निजी क्षेत्रको पहिलो अस्पताल रहेको अस्पतालका अध्यक्ष किशोर महर्जनले जानकारी दिए । १ सय शैया भएको अस्पतालमा २२ विशेष केन्द्रहरु, बहिरंग र अन्तरंग सेवाका साथै विकासात्मक मोड्युलर अपरेशन थिएटरहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय