एनएमए चुनावबारे स्वास्थ्यमन्त्री : डाक्टरले जसलाई पत्याउँछन् त्यही सरकारको प्यानल

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिकित्सकहरुले पत्याएको प्यानल नै सरकारको आधिकारिक प्यानल भएको बताएका छन् । नेपाल चिकित्सक संघको नजिकीदोँ अधिवेशनलाई लक्षितगर्दै मन्त्री ढकालले चिकित्सकले पत्याएका (विजयी हुने) चिकित्सकहरुसँग मिलेर काम गर्ने भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

ढकाल शुक्रबार साँझ चिकित्सक संघले आयोजना गरेको नवनियुक्त मन्त्रीलाई शुभकामना तथा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै थियो । ढकालले मन्तव्यको क्रममा पटकपटक नजिकीँदो निर्वाचनको प्रसंग उप्काएपनि चिकित्सकको मतलाई प्रभावित पार्नेगरी कुनै विवादास्पद अभिव्यक्ति दिएनन् ।
वर्तमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठतर्फ लक्षित गर्दै उनले भने, ‘तपाईले राम्रो काम गर्नुभयो, नदोहोर्याउँने भन्ने नै छ क्यार’, ढकालले आगामी निर्वाचनका एक प्रत्याक्ष डा. लोचन कार्कीतिर हेर्दै भने ‘यहाँ अर्को समूहका साथीहरु देखिनु भएको छैन्, तर जो जितेर आउँछ सरकार उहाँहरुसँगै मिलेर काम गर्छ ।’
उनले आफू स्वास्थ्य मन्त्रालयमा हुँदासम्म कुनै जायज मागका लागि हुनै प्रकारको आन्दोलनको अवस्था नआउँने विश्वास पनि लिए । ‘आन्दोलनका लागि आन्दोलन, असहयोगका लागि आन्दोलन भयो भने सरकारले नियम कानुनका पालना गराउँछ र गराउँनुपर्छ’

संघको माघमा हुने अधिवेशनका लागि लोकतान्त्रिक समूहबाट डा. लोचन कार्कीले पूर्ण प्यानल मैदानमा उतारेको छ । प्रगतीशील समूहबाट अध्यक्षमा डा. पुष्पमणि खरालसहित १० जनामात्रै उमेदवार मैदानमा उतारेको छ । लामो समयदेखि प्रजातान्त्रिक समूहको बर्चश्व रहेको संघमा यसपटक उल्लेख्य रुपमा नयाँ सदस्यहरु थपिएको सन्दर्भमा प्रगतीशीलले बलियो टक्कर दिनसक्ने संभावना रहेपनि पूर्ण रुपमा उमेदवारसमेत मैदानमा उतार्न नसक्दा अहिले प्रगतिशील समर्थित चिकित्सकको मनोवल कम्जोर भएको छ ।

प्रजातान्त्रिक समूहले डा. कार्कीसहित बरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा डा. अनिल कार्की, महासचिवमा डा. बद्री रिजाल, कोषध्यक्षमा डा. प्रकाश बुढाथोकी, सहसचिवमा डा. निरजकुमार सिंह, सहकोषाध्यक्षमा डा. विश्वराज दवाडीलाई मैदानमा उतारेको छ । सदस्यहरुमा डा. विक्रान्त ढकाल, डा. विपेश आचार्य, डा. नन्दाकुमारी गुरुङ, डा. प्रमोद जोशी, डा. रितेश थापा र डा. सञ्जिव तिवारीलाई मैदानमा उतारेको छ । त्यसैगरी प्रगतीशील समूहले डा. खरालको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा डा. रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा. रञ्जितकुमार झा, महासचिवमा डा. मधुर बस्नेत, कोषाध्यक्षमा डा. संजितकुमार साह, सहसचिवमा डा. सैलेन्द्र झा, सहकोषाध्यक्षमा डा. उदयनारायण सिंहलाई मैदानमा उतारेको छ । समूहले कतिपय उमेदवार आफ्नो नभएपछि स्वतन्त्र उमेदारी दिएकालाई समेत पछि प्यानलमा पारेको हो ।

सदस्यहरुमा डा. दिपकप्रसाद कोइराला, डा. जगदिशचन्द्र विष्ठ, डा. लिजन महर्जन, डा. राजेशकुमार साह, डा. सुमन काफ्ले र डा. त्रिभूवन चन्द्र झालाई मैदानमा उतारेको छ । संघको निर्वाचन आगामी माघ ४ र ५ गते उपत्यकामा र १७ देखि २१ उपत्यकाभित्र हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय