प्रधानमन्त्री ओलीको त्रिवि शिक्षणमा डायलाइसिस

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर सेन्टरमा लगिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि विहीबार अस्पताल गएका हुन् ।

मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्रत्ती ओलीको नियमित डायलासिस गरिदै आएको छ । १२ वर्षअघि प्रत्यारोपित मिर्गौलाले राम्ररी काम गर्न छोडेका कारण शरीरमा क्रियटाइनको मात्रा बढेपछि प्रधानमन्त्री ओलीको १३ कात्तिकमा पहिलोपटक डायलाइसिस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय