तपाईंलाई भोक लाग्दैन ? यस्ता छन् कारण

हेल्थपोस्ट
प्रकाशित
२०७६ पुष २ गते १०:१९

मानिसलाई बाँच्नको लाथि खानु आवश्यक छ । जन्मने बित्तिकैदेखि नमेरसम्म जीवनयापन गर्न तथा कार्य सञ्चालन गर्न भोजन तथा पौष्टिक आहार जरुरी छ । भोकमा गडबडी हुनु स्नायुसम्बन्धी अन्तरश्रावसम्बन्धी तथा पाचन प्रणलीसम्बन्धि गडबडी भएको हुनसक्छ ।
कारणहरु
१. शारीरिक :निस्क्रीय जीवन, खाना अनियमित तरिकाले खानु तथा पिउनु, खाना खाने समयभन्दा पहिले बीच–बीचमा कार्बोहाइडेट आनु, बढी चिया, कफी पिउनु आदि।  २. संक्रमण :  ज्वरो आएमा, क्षयरोग भएमा ।
३.अन्तश्राव ग्रन्थीका रोगहरु :  पाराथाइरोड ग्रन्थीले बढी काम गर्नु,पिटुइटरी ग्रन्थीले काम गर्नु ।
४. कलेजोको रोगहरु : जडिन्स हुनु, सिरोसिस हुनु ।
५. भिटामिनको कमि : खास गरी भिटामिन बी कम्प्लेक्स ।
६. अर्बुद रोग :  पेटको क्यान्सर,प्यान्क्रियाज ठुलो आन्द्रा ।
७ . रगतका क्यान्सर : ल्युकेमिया, लिम्फोमा ।
८. मनोजन्य : न्युरोसिस,साइकोसिस, दुखद समाचार ।
९. खाना नै मननपर्ने : कुनै कुनै व्यक्तिलाई कुनै खानाहरु पटक्कै मन नपर्ने हुन्छ र खाना मिठो भए पनि खान मन नलाग्ने हुन्छ । जस्तो शाकाहारी मानिसलाई माछामासुसंग लटपट भएको छ कि भनेर नखाने हुन्छन् साथै कसैलाई दूध मन नपर्ने हुन्छ ।
१०. जुका परेमा
सोधपुछको तरिका
१. कुनै दुःखद समाचार वा आवेगमा परिवर्तनको इतिहास ।
२.ज्वरो : धेरै दिनसम्मको मन्द ज्वरो ।
३. खानाको वृतान्त :  कुपोषण र भिटामिनको कमी ।
४.वजन घट्दै जानु : शरीरको वजन छिटोछिटो घट्दै जान्छ भने पेटको क्यान्सर हुनुसक्छ ।
५ भोक कम गर्ने औषधिहरु
६. दीर्ध मद्यपान गर्नु ।
निदान
१.शारीरिक परीक्षण, २. प्रयोगशाला परीक्षण, ३.इमेजिङ्ग
उपचार
१. भोक नलाग्नु रोग नभई लक्षण भएको हुनाले मुल रोगको उपचार गर्नुपर्दछ ।
२. नेपालमा ६–६ महिनामा जुकाको औषधि सबै परिरवारले खानु पर्दछ ।
३. जन्डिस,ज्वरो वा अन्य केहि हुन लागेको छ भने त्यसको खयल गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय