चिकित्सक संघमा युवा मत निर्णायक, अधिकांश उम्मेदवारको उमेर चालिसभन्दा कम (उमेरसहित)

नेपाल चिकित्सक संघ (एनएमए)को २८औँ कार्यकारिणी समितिका लागि आगामी माघमा हुने निर्वाचनमा पहिलोपटक युवा चिकित्सक मत निर्णायक हुने देखिएको छ । संघका उपत्यकाबाहिरका १६ शाखामा माघ ४ र ५ गते र काठमाडौंमा माघ १७ देखि २१ सम्म मतदान हुँदै छ । १३ निर्वाचित पदका लागि ३० चिकित्सक चुनावी मैदानमा छन् ।

गत निर्वाचनको तुलनामा युवा मतदाताको संख्या उल्लेख्य रूपमा थपिएसँगै चुनावी मैदानमा पनि युवा उम्मेदवारकै बाहुल्य देखिएको छ । अघिल्लो निर्वाचनमा ५ हजार ३ सयको हाराहारीमा मतदाता रहेकोमा यसपटक मतदानका लागि योग्य सदस्यको संख्या ९ हजार ८ सय ८३ छ । यद्यपि, संघको कुल सदस्य संख्या भने १० हजार ८ सय ९० छ ।

पछिल्लोपटक थपिएका झन्डै ४ हजार मतदातामध्ये अधिकांश ३० वर्षहाराहारी उमेर समूहका युवा चिकित्सक छन् । प्रोफेसनल अर्गनाइजेसनमध्ये सबैभन्दा पुरानो संस्थाको कार्यकारिणी समितिमा अधिकांश युवाले नेतृत्व गर्ने निश्चितप्रायः छ ।

अध्यक्षका प्रत्याशी डा. लोचन कार्कीले देशको स्वास्थ्यसेवामा नै युवा चिकित्सकको बाहुल्य रहेको सन्दर्भमा भोटर र उम्मेदवार पनि युवा बढी हुनु स्वाभाविक भएको बताए । ‘पेसागत रूपमा पनि हामी वरिष्ठप्रति जवाफदेही हुन्छौँ र सम्मानभाव राख्छौँ,’ उनले भने, ‘सिनियरको सल्लाह–सुझाब र परामर्शबाटै हामी अगाडि बढ्ने हो ।’

डा. कार्कीले चिकित्साशिक्षाको विकाससँगै पछिल्ला दिनमा उल्लेख्य रूपमा जनशक्ति थपिरहेकाले पनि युवा चिकित्सक थपिएको बताए । डा. कार्कीले वर्तमान कार्यसमितिले सुरुदेखि नै युवा चिकित्सकको एजेन्डा, उपस्थिति र सहभागितामा थुप्रै कार्यक्रम जारी राखेको समेत बताए ।
संघको वर्तमान कार्यसमितिले कार्यकालभरि प्रत्येक शनिबार युवाकेन्द्रित विभिन्न कार्यक्रम गरेर सदस्यलाई आकर्षित गरेको थियो । संघले केही महिनाअघि युवा कमिटीको पुनर्गठनसमेत गरेको थियो, जसको प्रत्यक्ष फाइदा अहिलेको निर्वाचनमा लोकतान्त्रिक समूहका चिकित्सकहरूले लिने अपेक्षा गरिएको छ ।

‘पेसागत रूपमा पनि हामी वरिष्ठप्रति जवाफदेही हुन्छौँ र सम्मानभाव राख्छौँ,’ उनले भने, ‘सिनियरको सल्लाह–सुझाब र परामर्शबाटै हामी अगाडि बढ्ने हो ।’

संघको निर्वाचनमा मैदानमा उत्रिएका अध्यक्षका दुई प्रत्याशीमध्ये लोकतान्त्रिक समूहबाट डा. लोचन कार्की ४१ वर्षका छन् अर्का (सत्तारूढ नेकपानिकट मानिएका) प्रत्याशी डा. पुष्पमणि खराल ४९ वर्षका छन् । वरिष्ठ उपाध्यक्षका प्रत्याशीद्वय डा. शिवकुमार श्रेष्ठ ६० वर्ष र डा. रक्षा श्रेष्ठ ४१ वर्षका छन् । यस आधारमा हेर्दा प्रजातान्त्रिक समूहका डा. श्रेष्ठ, सदस्यकी उम्मेदवार डा. नन्दाकुमार गुरुङ मात्रै ५० कटेका उम्मेदवार हुन् । यी दुवै आ–आफ्ना क्षेत्रमा झन् खारिएका प्रत्याशी हुन् ।

उपाध्यक्षका उम्मेदवार डा. अनिलविक्रम कार्की ४३ र डा. रणजितकुमार झा ४४ वर्षका छन् । महासचिवका उम्मेदवारमध्ये डा. बद्री रिजाल ४४, डा. दीपेन्द्र पाण्डे ३८, डा. मधुर बस्नेत ३६ र डा. अजयकुमार मिश्र ३९ वर्षका छन् ।

उम्मेदवारको नाम र उमेर
अध्यक्ष                    डा. लोचन कार्की                  ४१
अध्यक्ष                    डा. पुष्पमणि खराल              ४९
वरिष्ठ उपाध्यक्ष       डा. शिवप्रसाद श्रेष्ठ                ६०
वरिष्ठ उपाध्यक्ष       डा. रक्षा श्रेष्ठ                          ४१
उपाध्यक्ष                डा. अनिलविक्रम कार्की        ४३
उपाध्यक्ष                डा. रञ्जितकुमार झा              ४४
महासचिव              डा. बद्री रिजाल                    ४४
महासचिव              डा. दीपेन्द्र पाण्डे                  ३८
महासचिव डा. मधुर बस्नेत                                 ३६
महासचिव डा. अजयकुमार मिश्र                        ३९
कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी                        ४८
कोषाध्यक्ष डा. सञ्जितकुमार साह
सह–कोषध्यक्ष डा. उदयनारायण सिंह              ४०
सहसचिव डा. नीरजकुमार सिंह                        ४२
सहसचिव डा. डा. शैलेन्द्र झा                            ३६
सहसचिव डा. विश्वराज दवाडी                          ४१

सदस्यहरू
डा. रितेश थापा                      ३६
डा. विक्रान्त ढकाल               ४०
डा. प्रमोद जोशी                    ४३
डा. विपेश आचार्य                ४०
डा. नन्दाकुमारी गुरुङ          ५७

डा. सञ्जीव तिवारी                ४३
डा. अमित चतुर्वेदी                ४०
डा. त्रिभुवनचन्द झा              ३४
डा. जगदीशचन्द्र विष्ट           ३४
डा. सुमन काफ्ले                  ३८
डा. राकेशकुमार झा             ४१
डा. दीपकप्रसाद कोइराल    ४०
डा. प्रवीण गिरी                    ३९
डा. लिजन महर्जन               ३२

2 thoughts on “चिकित्सक संघमा युवा मत निर्णायक, अधिकांश उम्मेदवारको उमेर चालिसभन्दा कम (उमेरसहित)

  1. पुस्प मणि खरेल अघिल्लो NMA चुनावमा स्वतन्त्र उठे ..
    तत्कालीन समयमा काङ्ग्रेस/ एमालेका प्यानल प्रति बिष वमन गरेका उनी एकाएक नेकपा को प्यानलमा कसरी आए- उन्लाइ अध्यक्ष पद दिन नेकपा कसरी सहमत भयो ? के अन्य चिकित्सक हरु सो पदको लागी योग्य थिएनन् ?
    उत्तर -उन्को पारिवारिक राजनीति कम्युनिस्ट नै रहेको र बाबु एमालेको सकृय कार्यकर्ता हुँदै संसद सम्म भएका ब्यक्ति हुनु, एसैको आडमा प्रधानमन्त्री र प्रधानमन्त्री का बरिस्ठ सल्लाहकार सङ पार्टीको निर्देशन पुर्णरूपमा मान्ने, प्रतिवद्द्ता जनाएपछी मात्र रास्ट्रीय चिकित्सक संघ ले उन्लाइ स्वीकार गर्‍यो !
    अर्को समस्या उब्जियो- पद बाड्फाड कसरी गर्ने ? दुई पार्टी – तत्कालीन एमाले र तत्कालीन माओवादी – तत्कालीन माओवादीले अध्यक्षमा खराल भएपछि महासचिव दिपेन्द्र पान्डे लाई दिनुपर्ने शर्त अघि सार्यो – उता अध्यक्ष बाहेकका पदमा भागवन्डा गर्नुपर्ने अडान राख्यो ।
    उम्मेदवारी दर्ताको दिन सम्म पनि भागवन्डा नमिलेपछि स्वतन्त्र रूपमा महासचिवमा दिपेन्द्र पाण्डेले उम्मेदवारी दिए -उनको उम्मेदवारीलाई नेकपा भित्र बागी उम्मेदवारी नै भनिएको छ , हुन त : समय बाकी छ , रात रहे अग्राख पलाउछ भन्छन् ! अहिले बहुमतको सरकार हुँदा यो चुनाव जसरी पनि जित्नुपर्ने गरि रणनीति बनाउन पार्टीको हाइकमाण्डको निर्देशन रहेको छ ।
    उता बर्सौदेखी एकछत्र राज गर्दै आएको प्रजातान्त्रिक समुह पनि एस्पाली ढुक्क हुन सकेको अवस्था छैन।

  2. Patrakar mahoday!aru je lekehe pani,age ta fix huncha,teha nagarikta ra nma ko certificate ni rakhya huncha..yeso herera lekhda ajha ramro hunthyo..dr uday narayan singh ko age 37 nagheko chaina,jnama miti 2040/08/12 ho.yeso correct garau.. arko election ko umer rakhiyo..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय