सन्तान नभए के गर्ने ?

हेल्थपोस्ट
प्रकाशित
२०७६ पुष १ गते १३:१९

एकातिर विश्वको जनसंख्या दिन प्रतिदिन बढ्दै गएको छ र विश्वको जनसंख्या नियन्त्रण गर्न पा्रय सम्पपुर्ण देशहरुमा स्थायी र अस्थायी साधनहरु प्रयोग गरिएका छन् भने अर्कातिर कतिपय दम्पतीहरु बच्चा नभएर सन्तान प्राप्तिका लागि सबैभन्दा बढी मानसिक चिन्ताका साथै कयौँ रुपिँया खर्च गरी राखेका छन् ।
सन्तान नहुने कारणहरु
यो पुरुष र महिला दुवैको कारणले पनि हुन सक्छ । कहिँले काँही दुवै जनामा गडबडी नभएर पनि हुन सक्छ । यो सर्वविदित छ की पुरुषको शुक्रकिट र महिलाको डिम्बको मिलनबाट मात्र गर्भाधान हुन्छ । कहिले काँही पुरुषको हर्मोन र महिलाको महिलाको मात्र गर्भाधान हुन्छ । कहिलेकाहीँ पुरुषको हर्मोन र महिलाको हर्मोन गडबडीबाट यस्तो हुन सक्छ ।
पुरुषका कारणहरु
१. स्वास्थ्य शुक्रकिट उत्पादन नहुनु
२. शुक्रकिट उत्पादन भए पनि ज्यादै कम हुनु
३. शुक्रकिट नबन्नु
४. टेस्टिस (अण्डकोष) नभएमा
५. यौन रोग
६. शुक्रकिट बाहिनी नली वा अन्य भागमा अवरोध भएमा
महिलाका कारण
१. महिलाले अण्ड उत्तपादन गर्न नसक्नु
२. बीज बाहीनी नलीहरुमा अवरोध हुनु
३. गर्भाशयको मुख ज्यादै सानो हुन
४. पाठेघर विकसित नहुन
५. कुपोषणले गर्दा आमा सक्षम नहुनु
६. रक्ताल्पता
७. थाइरोइड ग्रन्थि,पिट्युरी गन्थ्रिको अप्रत्यक्ष सम्बन्ध
८. यौन रोगको उपचार नभएमा
सन्तान नभएकोमा के– के जाँच गराउने ?
१. पुरुषको शुक्रकिट जाँच गर्ने : हस्त मैथुनबाट निकाल्ने र ५ मिनेट मै प्रयोगशालमा पुर्याउने । ३ दिन पहिलेसम्म सम्भोग नगर्ने पा वीर्यपात नहुनु पनर्ने ।
२. महिलाको योनीको जाँच गराउने,अन्य अगं पनि अवरोध छ की हेर्ने ।
३. महिलाको रगत परीक्षणबाट आयोडिन,हर्मोन आदिको परीक्षण गर्ने ।
४. पत्निको सबै ठीक छ भने स्पर्म बैंकबाट गर्भाधान गराउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय