मादकपदार्थ सेवनका मानसिक र बौद्धिक असर

हेल्थपोस्ट
प्रकाशित
२०७६ मंसिर ३० गते ११:०३

अत्याधिक रक्सीको सेवनबाट हुने समस्यालाई एकअकोबाट अलग गर्न सकिन्न । यसैले डाक्टरले यी सबै कुरालाई मध्यनजर राख्नुपर्दछ । किन रक्सी पिउन थालेको भन्ने कुरा पत्ता लगाउनुपर्छ तथा उसका अन्य रोगहरुको पनि निदान गर्ने कोसिस गर्नुपर्दछ ।यस्ता बिरामीहरु सामान्य अस्पताल तथा मानसिक अस्पतालमा भर्ना भएका हुन्छन् । सरकारी तथा गैरसकारी संस्थाहरुको सहयोगबाट यस्ता बिरामीलाई पुनस्र्थापना गर्न सकिन्छ ।
मादकपदार्थको बौद्धिक असर
मादक पदार्थको कुलत र यसको अत्याधिक सेवनबाट मानिसको शरीरिक नोक्सानीकाके साथै मानिसमा बौद्धिक असर समेत पर्दछ । मानसिक असरमा मुख्य मुख्य देखिने समस्या यस प्रकार छन् ।

१. मानिस थर–थर काम्ने

कानमा केको–केको आवाज आएजस्तै हुने, मानिस टोलाइरहने हुन्छ । यस्तो किसिमको लक्षणहरु रक्सी खाने मानिसले बन्द गरेमा वा रक्सीको मात्रा एक्कासी घटाएमा देखिन सक्छ ।

२. मति बिभ्रम
मादक पदार्थको दुव्र्यसनबाट श्रवणशक्तिमा अवरोध भई कानमा श्रवणीय विभ्रम पैदा हुन थाल्छ । त्यस्ता व्यक्तिहरुमा प्रायः अनाश्यक हल्लाखल्ला र सोचाई भएको भान हुन्छ ।

३. नैराश्य
कुनै पनि व्यक्तिलाई दुई हप्ताभन्दा बढी मनमा दिक्दारी भइराख्यो भने नैराश्यताको परिभाषाभित्र नैराश्यताका अनुभव बढी देखिन्छ । अन्य सामान्य व्यक्तिहरुको तुलनामा रक्सी खानेहरुले ५० प्रति बढी आत्महत्या गरेको वा गर्ने प्रयास गरेको पाइएको छ ।
४. चिन्ता
यो मानिसको यस्तो नराम्रो अवस्था हो । जसमा व्यक्तिको बीचमा शारीरिक वैज्ञानिक सङ्घर्षको कारणले आत्मसम्ष्म र नियन्त्रण गर्न सक्दैन । मद्यपान गर्ने व्यक्तिहरुमा सुरुमा चिन्ता घटेजस्तो हुन्छ । पछि गएर त्यहि रक्सीले चिन्ता बढाउन थाल्छ ।
५. व्यक्तित्वमा ह्रास
मद्यपानका दुव्र्यसनीहरुमा प्राय  १. अन्धविश्वास २.बेरोजगार ३. जिन्दगीप्रति नै नैराश्यता ४. स्मरणशक्तिमा हा्स ५.व्यक्तिगत चरित्रमा विकृति र विसङ्गति देखिन्छ ।
६. बिर्सने बानी
रक्सी खाएको बेलामा मानिसले धेरै कुरा सम्झन सक्दैन तथा उक्त समयमा भएको घटना पनि भोलिपपल्ट सबै बिर्सन्छ ।
७. अनावश्यक खर्च
मद्यपानका लत भएका व्यक्तिहरुमा बढी मात्रामा अरुको ईर्ष्या गर्ने,आफ्नी स्त्रीमाथि शङ्का उपशंङ्का गर्ने, अरुले राम्रो काम गरेका पनि देखि नसहने हुन्छन् । बिस्तारै–बिस्तारै व्यक्तिमा घमण्ड बढ्दै जान्छ र त्यस्ता व्यक्तिहरुमा रिसको प्रचुरमात्राले गर्दा समाजमा सफलता पाउन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय