आँखालाई स्वस्थ राख्न अपनाउनुहोस् १० टिप्स

आँखा मानिसको निकै संवेदनशील र अहम् अंग हो । संसार देखाउने यो संवेदनशील अंगलाई कसरी स्वास्थ राख्न सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान पुगिरहेको हुँदैन । बढ्दो धुवाँ, धुलो र भाइरसले आँखालाई प्रत्यक्ष रूपमा असर गरिरहेको हुन्छ । केही सावधानी तथा दैनिक आनीबानीमा परिवर्तनमार्फत हामी यो खतराबाट बच्न सक्छौँ । आँखा

स्वस्थ राख्न यी १० टिप्स अपनाउनुहोस् :
– नियमित रूपमा आँखाको जाँच गराउनुहोस्
जब समस्या आइपर्छ अनि मात्र हामी त्यसको समाधानतर्फ लाग्छौँ । हामीमध्ये कतिपय यस्ता पनि हुन सक्छौँ, जो कहिल्यै आँखाजाँच गर्दैनौँ । आँखा स्वस्थ राख्न बाल्यकालदेखि नै नियमित चेकजाँच गराउनुपर्छ । उमेर बढ्दै जाँदा आँखामा समस्या देखापर्दै जान्छ । भावी समस्याबाट बच्न कम्तीमा नियमित (२५–३० पटक) आँखाको चेकजाँच गराउनुपर्छ ।

– विद्युतीय साधनमा एकोहोरो नहेर्नुहोस्
धेरै बेरसम्म लगातार कम्प्युटर, मोबाइल आदिमा काम गर्दा यसको विद्युतीय प्रभावले गर्दा आँखामा असर पर्छ । यसका कारण आँसु आउने, आँखा पोल्ने, आँखा कमजोर हुने समस्या देखापर्छन् ।

– उचित चस्माको प्रयोग गर्नुहोस्
चस्माले आँखालाई धुलो, धुवाँ तथा कीटाणुबाट मात्र नभई चोटपटकबाट समेत जोगाउँछ । तर, बजारमा जथाभावी राखिएका चस्माले आँखाको रेटिनालाई असर गर्छ । त्यसकारण आँखाजाँच गरेर चिकित्सकको सल्लाहअनुसार चस्माको प्रयोग गर्नुहोस् ।

– वंशानुगत रोगको पहिचान गर्नुहोस्
आँखाका कतिपय रोग वंशानुगत पनि हुन सक्छन् । यसको निराकरणतर्फ ध्यान दिनु जरुरी हुन्छ । आँखामा त्यस्तो केही समस्या देखापरेमा चिकित्सकबाट परीक्षण गराई रोगको प्रकार पहिल्याउनु आवश्यक हुन्छ । वंशानुगत रोग भएमा चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्ने हुन्छ ।

– आँखाको हेरविचार गर्नुहोस्
काँक्रोलाई स्लाइस काटेर आँखामा राख्दा डार्क सर्कल कम हुन्छ र आँखाको थकानलाई पनि कम गर्छ । कोरेसोमा आलु कोरेर आँखामा प्याक लगाउने गर्नाले आँखावरिपरि रहेका कालो घेरा (डार्क सर्कल) कम गर्न मद्दत पुग्छ । राति सत्नुअघि रोगनको तेल आँखावरिपरि आँखीभाँै तथा परेलामा लगाएर सुत्नाले आँखा स्वस्थ रहन्छ ।

– खाना र व्यायाममा ध्यान दिनुहोस्
आँखालाई आवश्यक तत्त्वहरू, जस्तै हरियो तरकारी, पहेँलो फलफूल, माछाजस्ता खानेकुरा खानुहोस् । साथै, नियमित रूपमा शारीरिक व्यायाम गर्नुहोस्, यसले आँखालाई स्वस्थ राख्न सघाउँछ । हरियो सागसब्जी खाने तथा व्यायाम गर्नाले मधुमेहका रोगीको आँखा तथा समग्र स्वास्थमा फाइदा पुर्याउँछ ।

– आँखाको सुरक्षामा ध्यान दिनुहोस्
आँखा निकै संवेदनशील अंग हो । त्यसकारण यसको सुरक्षामा पनि ध्यान दिनु जरुरी छ । बाटो हिँड्दा धुलो–धुवाँ होस् या कलकारखानामा काम गर्दा वा मेसिनेरी उपकरण चलाउने काम गर्दा होस्, स–साना कण आएर आँखामा पर्ने सम्भावना हुन्छ । त्यसैले आँखाको सुरक्षाका लागी चस्मा लगाउने तथा अन्य सुरक्षित उपाय अपाउनुपर्छ ।

– आँखालाई सुक्खा नबाउनुहोस्
आँखालाई सुक्खा बन्न नदिन भिटामिन एको आवश्यकता पर्दछ । गाजर भिटामिन एको महत्त्वपूर्ण भण्डार हो । यस्तै अन्य भिटामिन एयुक्त खानेकुरा रोज्न सकिन्छ । माछामा पाइने ओमेगा३ फ्याटी एसिडले आँखाको सुक्खापनबाट जोगाउँछ । वेला–वेलामा चिसो पानीले सफा गर्नाले पनि केही राहत मिल्छ ।

– उपचारको घरेलु विधि प्रयोग गनुहोस्
आँखालाई स्वस्थ राख्न रातभर केही अमलालाई पानीमा भिजाउने र बिहान त्यही पानीले आँखा सफा गर्ने, थेरै मात्रामा जिरा र मिस्रीको धुलो पिस्ने र यसलाई पानीमा मिसाएर नियमित खाने गर्नाले आँखा तेजिलो हुन्छ ।
– धूमपान नगर्नुहोस्
धूमपान गर्नाले मुटु तथा फोक्सोको क्यान्सर हुनुअघि यसले आँखाको दृष्टिलाई समेत असर गरेको हुन्छ । त्यसकारण आँखा स्वस्थ राख्न धूमपान त्याग्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय