चिकित्सक संघमा अध्यक्षमा २, महासचिवमा ४ सहित १३ पदमा ३१ जनाको उमेदवारी

नेपाल चिकित्सक संघको कार्यकारी समितिको माघमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अन्तिम दिन १३ पदका लागि ३१ जनाले उमेदवारी दर्ता
नेपाल चिकित्सक संघको कार्यकारी समितिको माघमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अन्तिम दिन १३ पदका लागि ३१ जनाले उमेदवारी दर्ता गराएका छन् ।
राजनीतिक बिचारधाराका आधारमा चिकित्सकहरु पनि प्रजातन्त्रिक र प्रगतीशील छुट्टा छुट्टै समूह बनाएर मैदानमा उत्रिएका छन् । प्रजातन्त्रिक समूहका चिकित्सकहरु वर्तमान महासचिव डा. लोचन कार्कीको नेतृत्वमा मैदानमा उत्रिएका छन् भने, प्रगतीशील खेमाका चिकित्सकहरु डा. पुष्पमणि खरालको नेतृत्वमा निर्वाचनको मैदानमा उत्रिएका छन् ।

मनोनयन दर्ताका लागि तोकिएको अन्तिम मिति शनिबार १ बजेसम्ममा अध्यक्षमा डा. खराल र कार्कीको उमेदवारी परेको छ । महासचिवमा लोकतन्त्रिक समूहबाट डा. बद्री रिजाल र प्रगतीशील समूहबाट डा. मधुर बस्नेतले उमदवारी दर्ता गराएका छन् । प्रगतीशील समूह निकटकै अन्य दुई चिकित्सक डा. दिपेन्द्र पाण्डे र डा. अजयकुमार मिश्रले पनि महासचिवमा उमेदवारी दिएका छन् ।

त्यसैगरी बरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठ र डा. रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा. अनिल कार्की र डा. रणजीर कुमार झा, सहसचिवमा डा. निरज सिंह र डा. शैलेन्द्र झा, कोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी र डा. सञ्जिव कुमार साह, सहकोषाध्यक्षमा डा. विश्वराज दवाडी, डा. प्रमोद जोशी र डा. उयनारायण सिंहको उमेदवारी परेको छ ।

त्यसैगरी ६ सदस्यका लागि १५ जनाको उमेदवारी परेको छ । सदस्यहरुमा डा. रितेश थापा, डा. मनोर दिन सैयद, डा. प्रमोद जोशी, डा. विक्रान्त ढकाल, डा. नन्दाकुमार गुरुड. डा. लिजन महर्जन, डा. दिपेश अंगाई, डा. प्रविण कुमार गिरी, डा.सञ्जिव तिवारी, डा. दिपक कोइराला,
डा. राकेश कुरमा साह, डा. सुमन काफ््ले, डा. जगदिशचन्द्र विष्ठ, डा.त्रिभूवनचन्द्र झा, डा. अनिल चन्द्र चतुरवेदी छन् ।

2 thoughts on “चिकित्सक संघमा अध्यक्षमा २, महासचिवमा ४ सहित १३ पदमा ३१ जनाको उमेदवारी

  1. साथी हरुमा अनुरोध : जसको नर्सिङ होम छ । जो मेडिकल कलेज का प्रमोटर हुन तीनएए हरु ले कुनै पनि चिकित्शक को भलो गर्छन भन्ने सम्झानु गलत हो । त्यस कारण जो निजी अस्पताल का सन्चालक होईनन्,तीनहरु लाई काउन्सिल र एन एम ए मा पठाउनु उत्तम हुनेछ ।

  2. नेकपाको त्यो भद्र सहमति– दाङलाई मुख्यमन्त्री, बुटवललाई राजधानी !
    पुस्प्मणी लाई चिकित्सकको अध्यक्ष माफियालाइ मेडिकल कलेज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय