घरेलु हिंसापीडितमा खतरनाक रोग दोब्बर, उपचार लामो र कठिन : शोध

घरेलु शोषण झेल्ने महिलामा फाइब्रोमायल्जिया तथा क्रोनिक थकान सिन्ड्रोम (सिएफएस) विकसित हुने सम्भावना अधिक हुने एक शोधले देखाएको छ ।
‘जर्नल अफ इन्टरपर्सनल भायलेन्स’मा प्रकाशित एक शोधका अनुसार घरेलु हिंसा वा शोषणको अनुभव गर्ने महिलामा फाइब्रोमायल्जिया तथा क्रोनिक फ्याटिग (थकान) सिन्ड्रोम (सिएफएस) विकसित हुने सम्भावना लगभग दुईगुणा हुने निष्कर्ष प्रस्तुत गरिएको छ । बेलायतमा बर्मिङघम र वारविक विश्वविद्यालयका शोधकर्ताहरूले गरेको यो शोधले घरेलु हिंसाले महिलालाई कुन हदसम्म मानसिक तथा शारीरिक रूपले बेचैन बनाउँछ भन्ने देखाएको छ । यसका अलावा यस्ता महिलामा कुनै पनि रोगको उपचारको प्रभाव कम हुने शोधले देखाएको छ ।

फाइब्रोमायल्जिया यस्तो रोग हो जो पूरै शरीरमा दुखाइको कारण बन्छ । त्यस्तै, सिएफएसमा लक्षणहरूको विस्तृत शृंखला हुन्छ, जसमध्ये अधिकांश सामान्य थकानसँग सम्बन्धित हुन्छन् । यी दुवै रोग दीर्घकालीन हुन् । हामीलाई थाहै छ, घरेलु शोषणको नकारात्मक असर पीडितलाई मात्र नभएर तिनका सन्तानलाई पनि पर्ने गर्छ । शोधकर्ता बताउँछन्, ‘पहिलेको तुलनामा घरेलु हिंसा झन् बढ्दै गएको छ ।’

शोधमा घरेलु हिंसा वा शोषणको अनुभव गर्ने महिलामा फाइब्रोमायल्जिया तथा क्रोनिक फ्याटिग सिन्ड्रोम (सिएफएस) विकसित हुने सम्भावना लगभग दुईगुणा हुने निष्कर्ष प्रस्तुत गरिएको छ । बेलायतका घरेलु हिंसापीडितमा गम्भीर मानसिक रोग विकसित हुने सम्भावना तीनगुणा बढी छ । बेलायतजस्तो विकसित देशमा महिलामाथिको घरेलु शोषण २७.१ प्रतिशतले बढेको शोधकर्ताको दाबी छ ।

यो अध्ययन भारतीय मूलका शोधकर्ता तथा बर्मिङघम विश्वविद्यालयका सहलेखक सिद्धार्थ बन्धोपाध्यायले गरेका हुन् । बन्धोपाध्यायले शोधमा भनेका छन्, ‘दीर्घकालीन रोगका अधिकतर घटना (जस्तै, सिएफएस) घरेलु हिंसाले पीडित महिलामा बढी हुन्छ । यसको असरलाई नियाल्दा अवस्था गम्भीर छ । शोधमा १८ हजार ५ सय ४७ महिलामा गरिएको अध्ययनमा सन् १९९५ को तुलनामा २०१७ मा यस्ता घटनामा धेरै वृद्धि आएको देखाइएको छ ।

घरेलु हिंसाको दुरुपयोगको व्यापकतालाई ध्यानमा राख्दै शोधकर्ताहरूले भनेका छन्– फाइब्रोमायल्जिया र सिएफएसका बिरामीले प्रायः उपचारमा ढिलाइको सामना गर्नुपर्ने हुन्छ । यस्तो स्थितिमा रोगबारेको सीमित बुझाइका कारण उपचारमा समस्या भइरहेको छ । त्यसैले चिकित्सकहरूले यस्ता बिरामीको उपचारका क्रममा विशेष ध्यान दिनु आवश्यक छ ।

शोधकर्ताले महिलामा फाइब्रोमायल्जिया र सिएफएस विकसित दर बढ्ने खतरा औँल्याएका छन् । घरेलु शोषण झेल्ने महिलामा यस्ता रोग लगातार बढ्दै गएको पाइएको छ । बर्मिङघम विश्वविद्यालयको नेतृत्वमा भएको पछिल्लो अध्ययनले देखाएको छ कि बेलायतका घरेलु हिंसापीडितमा गम्भीर मानसिक रोग विकसित हुने सम्भावना तीनगुणा बढी छ । शोधकर्ता जोहट सिंह चन्दनका अनुसार हाल संयुक्त अधिराज्य (युके) मा महिलामाथिको घरेलु शोषण २७.१ प्रतिशतले बढेको छ । यद्यपि, बेलायतमा घरेलु शोषण झेल्ने पुरुषको संख्या पनि लाखौँमा छ ।

घरेलु हिंसाको दुरुपयोगको व्यापकतालाई ध्यानमा राख्दै शोधकर्ताहरूले भनेका छन्– फाइब्रोमायल्जिया र सिएफएसका बिरामीले प्रायः उपचारमा ढिलाइको सामना गर्नुपर्ने हुन्छ । यस्तो स्थितिमा रोगबारेको सीमित बुझाइका कारण उपचारमा समस्या भइरहेको छ । त्यसैले चिकित्सकहरूले यस्ता बिरामीको उपचारका क्रममा विशेष ध्यान दिनु आवश्यक छ । उपचारसँगसँगै महिलामाथिको घरेलु हिंसा कम गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने सुझाब शोधकर्ताको छ । अध्ययनका अनुसार घरेलु दुर्व्यवहार झेलिरहेका मानिसले अत्यधिक शारीरिक तथा मनोवैज्ञानिक तनावको अनुभव गर्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय