प्रधानमन्त्री ओली अस्पतालमा, नियमित डायलाइसिसपछि केही घण्टामै फर्किनुहुन्छ : प्रेस सल्लाहकार

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि अस्पताल पुगेका छन् । साँझ त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री ओली नियमित डायलाइसिसपछि मंगलबार राति नै निवासमा फर्किने प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । १२ वर्षअघि प्रत्यारोपित मिर्गौलाले काम गर्न छोडेपछि प्रधानमन्त्री ओली केही महिनादेखि नियमित डायलाइसिसमा छन् ।

१० मंसिरमा एपेन्डिसाइटिस कुहिएर पेटभर संक्रमण फैलिएपछि प्रधानमन्त्री ओलीको मनमोहन सेन्टरमै अकस्मिक शल्यक्रिया गरिएको थियो । परम्परागत चिरफार विधिबाट शल्यक्रिया गरिएपछि ९ दिनसम्म आइसियूमा रही उपचार गराएका प्रधानमन्त्री ओली १०औँ दिन गत बिहीबार डिस्चार्ज भएका थिए । त्यतिवेलाको आइसियू बसाइमा पनि प्रधानमन्त्री ओलीको दिनहुँजसो डायलाइसिस गराइएको थियो । डिस्चार्जका क्रममा चिकित्सकले उनलाई केही दिन आराम गर्न सुझाब दिएका थिए ।

नियमित डायलाइसिस वा पुनः प्रत्यारोपणको मात्र विकल्प बाँकी रहँदा प्रधानमन्त्री ओली र चिकित्सक टोली दुवै पुनः प्रत्यारोपण गराउने निष्कर्षमा पुगेको बताइएको छ । यद्यपि, आकस्मिक रूपमा आइपरेको एपेन्डिसाइटिस तथा संक्रमणका कारण प्रत्यारोपणको निर्क्योल भने भइसकेको छैन । चिकित्सकको सल्लाहबमोजिम उपयुक्त समयमा प्रत्यारोपण गरिने र त्यसवेलासम्म डायलाइसिसलाई निरन्तरता दिने सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले समेत बताइसकेको छ ।

९ मंसिरको मध्यराति १ बजेबाट पेटको दुखाइ महसुस गरेका प्रधानमन्त्री ओलीलाई ७ घण्टापछि बिहान ८ बजेपछि मात्र अस्पताल लगिएको थियो । त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको आकस्मिक शल्यक्रिया गरिएको थियो । करिब ४५ मिनेटको स्वास्थ्यपरीक्षणपछि नै चिकित्सकहरू आकस्मिक अप्रेसन गर्ने निर्णयमा पुगेका थिए । एपेन्डिसाइटिस कुहिएको र त्यसबाट सुरु भएको संक्रमण पेटभर फैलिसकेकाले तत्कालै अप्रेसन गरिएको थियो ।

प्रा।डा। रमेशसिंह भण्डारी नेतृत्वको विशेषज्ञ चिकित्सक सम्मिलित टोलीले प्रधानमन्त्री ओलीको परम्परागत विधिबाट पेट चिरेर अप्रेसन गरेको थियो । संक्रमण एपेन्डिसाइटिसमा मात्र नभएर पूरै पेटभर फैलिसकेकाले त्यसलाई सफा गर्न आधुनिक ९ल्याप्रोस्कोपिक० विधिबाट सम्भव नभएकाले हातले चिरेर अप्रेसन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय