नर्भिकलाई अर्को प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड, अस्पतालसँगै प्रबन्धनिर्देशक र कार्यकारी निर्देशक पनि सम्मानित

थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । हालै मलेसियाको क्वालालम्पुरमा अमेरिकी चेम्बर अफ कमर्सको एक निकाय वल्र्ड कन्फडेरेसन अफ बिजिनेसेस (वर्ल्डकब) ले नर्भिकलाई ‘सफलताको शिखर (पिक अफ सक्सेस) अवार्ड’ प्रदान गरेको हो । मलेसियाको क्वालालम्पुरमा आयोजित एक अन्तर्राष्ट्रिय समारोह ‘द बिज एमिया २०१९’ का बीच नर्भिलाई सो अवार्ड प्रदान गरियो ।

पिक अफ सक्सेस अवार्ड वर्ल्डकबका विगतका द बिज सम्मान समारोहहरूमा सम्मानित तथा पुरस्कृत संघ–संस्थाहरूलाई मात्र प्रदान गर्ने गरिन्छ । विगतमा सम्मानित संस्थाहरूमध्ये सम्मानपश्चात् पनि आफ्नो उत्कृष्टता कायमै राख्न सफल हुने संकेत र सम्भावना देखिएकालाई मात्र यो सम्मान दिने प्रचलन छ ।

सम्मान समारोहमा नर्भिकलाई वल्र्डकब परिवारको प्लेटिनम मेम्बरसमेत प्रदान गरिको छ । वर्ल्डकबले नर्भिकलाई आगामी दिनमा यसका सेवाका स्तरलाई उकास्न निरन्तर रूपमा यथाशक्य प्रयास गर्ने प्रतिबद्धतासमेत दोहोर्याएको छ । नवीनतम प्रविधिका क्षेत्रमा नर्भिकलाई सहयोग गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरमा विकसित पार्न हरसम्भव उपायको अवलम्बन गरिनेसमेत वर्ल्डकबले बताएको छ ।

नर्भिकलाई स्वास्थ्यसेवामा विश्व व्यावसायिक नेतृत्व (वर्ल्र्ड बिजनेस लिडर) नामक सम्मानका साथ ठूलो प्रेरणादायी संस्थाका रूपमा समेत सम्मान गरिएको थियो । वर्ल्डकबका तर्पmबाट मलेसियका लागि नेपालका राजदूत उदयराज पाण्डेले एक विशेष समारोहबीच उल्लेखित पुरस्कार तथा सम्मानहरू नर्भिकका पदाधिकारीहरूलाई प्रदान गरेका थिए ।

प्रबन्धनिर्देशक चौधरीलाई ‘वर्ल्ड लिडर बिजिनेस पर्सन’ सम्मान, कार्यकारी निर्देशक सिंह पनि सम्मानित
नर्भिक हस्पिटलसँगै प्रबन्धनिर्देशक मेघा चौधरीसमेत वर्ल्डकबकै प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छिन् । उनलाई नेपाली स्वास्थ्यसेवालाई अन्तर्राष्ट्रियस्तरमा उकास्न खेलेको प्रभावकारी एवम् नेतृत्वदायी भूमिकाबापत ‘वर्ल्ड लिडर बिजिनेस पर्सन’ सम्मानद्वारा पुरस्कृत गरिएको हो । आफ्नो संस्थामा नवीनतम, सुविज्ञ र व्यवस्थित वातावरणको सिर्जना गर्दै नेपाली स्वास्थ्यसेवाका फाँटलाई उकास्न मद्दत पु¥याएबापत उनलाई सो पुरस्कारले सम्मान गरेको वर्ल्डकबले जनाएको छ ।

सम्मान समारोहमा नर्भिकका पदाधिकारीहरूका साथै कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह पनि सम्मानित भएका छन् । उनलाई व्यावसायिक नेतृत्वमा सर्वोत्कृष्ट (एक्सिलेन्स इन बिजिनेस लिडरसिप) विषयक सम्मान प्रदान गरिएको हो । वर्ल्डकबले आ–आफ्ना क्षेत्रमा विश्वव्यापी ख्यातिप्राप्त र नेतृत्वदायी भूमिका खेलेका कम्पनी तथा व्यक्तित्वलाई सम्मानित तथा पुरस्कृत गर्ने गर्छ ।

मलेसियामा वर्ल्डकबद्वारा ‘सफलताको शिखर अवार्ड’बाट नर्भिक सम्मानित हुँदा अस्पतालका प्रबन्धनिर्देशक चौधरी ‘वर्ल्ड लिडर बिजिनेस पर्सन’ र कार्यकारी निर्देशक सिंह ‘एक्सिलेन्स इन बिजिनेस लिडरसिप’बाट सम्मानित भए ।

सन् २००४ मा अमेरिकाको टेक्सासमा स्थापित द वल्र्डकबको मुख्य उद्देश्य नै विश्वव्यापी मूल्य–मान्यतामा आधारित व्यवसायहरूको प्रवर्धन गर्नु, तिनको पहिचान, सम्मान एवं अगुवा व्यवसाय तथा व्यावसायिक व्यक्तित्वहरूको साख अभिवृद्धिमा सहयोग पुर्याउनु रहेको छ । विश्वका १३० भन्दा बढी राष्ट्रमा द वर्ल्डकबका ३ हजारभन्दा बढी सदस्य प्रतिष्ठानहरूको सञ्जाल छ ।

यो सम्मानले व्यवसायको नैतिक अभ्यासलाई प्रवर्धन गर्दै अनुकरणीय एवम् अनुसरणीय व्यावसायिक उदाहरण स्थापित गर्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा तत्सम्बन्धी व्यवसायहरूले निर्धारित मापदण्डलाई अनुसरण गरून् भन्ने अभिप्राय राख्दछ । वर्ल्डकबद्वारा जारी सूचनाअनुसार पिक अफ सक्सेस अवार्डका लागि स्थापित संस्था छनोट मापदण्डमा व्यावसायिक अगुवाइ, सेवाको गुणस्तर, प्रभावकारी तथा गुणस्तरीय व्यवस्थापन प्रणाली, अभिनव र रचनात्मकता, संस्थागत सामाजिक उत्तरदायित्व, समृद्ध इतिहास, उत्कृष्ट चिकित्सकीय नैतिकताको अवलम्बन, बिरामी सुरक्षा, हस्पिटलजन्य संक्रमणको नियन्त्रणलगायत रोग रोकथाम, निदान, औषधोपचार एवम् उपचारका क्षेत्रमा हस्पिटलले हासिल गरेको उत्कृष्ट नतिजा रहेका थिए । स्वास्थ्यसेवाजस्तो जटिल क्षेत्रमा उत्कृष्टता हासिल गरेकोमा द वल्र्डकबले नर्भिक व्यवस्थापनलाई बधाई दिँदै भविष्यमा उत्कृष्टताको सगरमाथा चुमोस् भन्ने कामनासमेत गरेको छ ।

उत्कृष्ट स्वास्थ्यसेवाको रजत महोत्सव मनाइसकेको नर्भिकले नेपाली निजी क्षेत्रका हस्पिटलमध्ये सर्वप्रथम ‘ग्लोबल ग्रिन एन्ड हेल्दी हस्पिटल्स’ अमेरिकाको सदस्यता प्राप्त गरेको थियो । नेपालमै सर्वप्रथम आइएसओ प्रमाणीकरण र उत्कृष्ट प्रयोगशाला सेवाका लागि एनएबिएल प्रमाणीकरण पाएको नर्भिकले यसपूर्व युरोप बिजिनेस एसेम्ब्ली, बेलायतबाट उत्कृष्ट क्षेत्रीय हस्पिटल, नेपालको उत्कृष्ट इम्प्लोयर ब्रान्ड र जर्मनीको बर्लिनमा अन्तर्राष्ट्रिय क्वालिटी च्वाइस प्राइजजस्ता प्रतिष्ठित सम्मान तथा पुरस्कार प्राप्त गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय