ड्राई फ्रुट्सको सेवनले बढ्छ, पुरुषमा शुक्रकीटको तागत : अनुसन्धान

हेल्थपोस्ट
प्रकाशित
२०७६ मंसिर २१ गते १०:२४

नियमित ड्राई फ्रुटको सेवन गर्ने पुरुषमा शुक्रकीटको गुणवत्ता बढ्ने एक अनुसन्धानले देखाएको छ । अनुसन्धाता वैज्ञानिकले भनेका छन्, ‘जुन पुरुषले १४ हप्तासम्म लगातार दुई मुठी ओखर, बदाम, काजुलगायत ड्राई फ्रुटको सेवन गर्छ, उसको शुक्रकीटको तागत बढ्छ ।’

अध्ययनका क्रममा विशेषगरी पश्चिमा देशका पुरुषमा शुक्रकीटको संख्यामा गिरावट आएको पाइएको थियो । यसरी घट्नुको कारणमा प्रदूषण, धूमपान तथा शरीरलाई हानिकार हुने कुराहरूलाई लिइएको छ ।
वैज्ञानिकले भनेका छन्, ‘सन्तुलित खानेकुराको सेवनले यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।’
वैज्ञानिकले १ सय १९ जना पुरुषमा अनुसन्धान गरेका थिए । उनीहरू १८ देखि ३५ वर्ष उमेरका थिए । यी पुरुषलाई दुई समूहमा बाँडिएको थियो । यसमध्ये पहिलो समूहका पुरुषलाई दैनिक ६० ग्राम ड्राई फ्रुट खान दिइयो भने दोस्रो समूहका पुरुषलाई पहिलेजस्तै खानेकुरा दिइयो ।

विशेषज्ञका अनुसार ओमेगा–३, फ्याटी एसिड र एन्टिआक्सिडेन्टयुक्त खाना खानाले प्रजनन क्षमतामा वृद्धि आउँछ । ड्राई फ्रुटमा यस प्रकारको पोषकतत्त्व पाइन्छ ।

अनुसन्धानमा ड्राई फ्रुट खाने पुरुषमा शुक्रकीट १४ प्रतिशतले बढेको पाइयो जब कि उनीहरूको स्वास्थ्य पनि पहिलेभन्दा ४ प्रतिशतले राम्रो भएको थियो । विशेषज्ञका अनुसार ओमेगा–३, फ्याटी एसिड र एन्टिआक्सिडेन्टयुक्त खाना खानाले प्रजनन क्षमतामा वृद्धि आउँछ । ड्राई फ्रुटमा यस प्रकारको पोषकतत्त्व पाइन्छ ।

स्पेनका रोविरा भर्जिली युनिभर्सिटीका डा. अल्बर्ट सालास ह्युतोसका अनुसार सन्तुलित खानाले प्रजनन क्षमता वृद्धि गर्न मद्दत गर्छ । ड्राई फ्रुट खाने पुरुषको शरीरमा सकारात्मक प्रभाव पर्छ । तर, डा. भर्जिनिया बाल्टन भन्छन्, ‘अनुसन्धानकर्ताहरूले निकालेको नतिजाअनुसार सैद्धान्तिक कुरा रोचक छ, तर यो कुरा बुझाउन कठिन छ । किनभने, गर्भाधानको सम्भावना बढाउनमा के उनीहरूको योगदान हुन सक्छ ।’

अनुसन्धाता भन्छन्, ‘अध्ययनको निष्कर्षमाथि उठ्ने सबै प्रश्नहरूको जवाफ मिल्न गाह्रो छ । तर, धूमपान तथा मद्यपानजस्ता कुलत छोड्ने र स्वास्थ्यवर्धक खानेकुरा खानाले पुरुषको प्रजनन स्वास्थ्य राम्रो हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय