विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा क्याथल्याब सेवा

विराट मेडिकल कलेज टिचिङ हस्पिटलले क्याथल्याब सेवा सुरु गरेको छ । प्रदेश १ कै नमुना अस्पताल बनाउने सोचका साथ अस्पतालले हरेक प्रकारका बिरामीका लागि सर्वसुलभ शुल्कमा गुणस्तरीय सेवा दिने उद्देश्यअनुरूप मुटुरोगीको उपचारका लागि क्याथल्याब सेवा विस्तार गरेको अस्पतालले जनाएको छ ।

हामी हरेक रोगका बिरामीलाई सर्वसुलभ शुल्कमा शान्त वातावरणमा उत्कृष्ट, गुणस्तरीय सेवा दिएर प्रदेश १ कै नमुना अस्पताल बन्ने सोचका लागिपरेका छौँ,’ अस्पतालले जनाएको छ, ‘हामीले अत्याधुनिक ल्याबसहित सम्बन्धित रोगका विशेषज्ञ चिकित्सकहरूद्वारा मात्र उपचारसेवा प्रदान गर्दै आएका छौँ । यही अभियानको विस्तारस्वरूप मुटुरोगीलाई गुणस्तरीय उपचार सेवा दिन अत्याधुनिक क्याथल्याब सेवा सुरु गरेका हौँ ।’

दुर्लभ तथा जटिल रोगको सफल चेकजाँच, १८ वर्षीय युवक गीत गाउँदागाउँदै कोमामा
सुनसरीनिवासी १८ वर्षीया सिजन राई घरमा गीत गाउँदा–गाउँदै एक्कासि बेहोस भएर उपचारका लागि अस्पताल आइपुग्दा कोमामा पुगेको अवस्थामा थिए । बिरामीका जाँचका क्रममा सिटी स्क्यान गर्दा दिमागको भित्री भागमा पानी जम्ने कोठामा रगत जमेको पाइयो । विशेषगरी यो उमेरमा यस्तो नहुनुपर्ने हो, तर कहिलेकाहीँ नसाको गुजुल्टो भएर यस्तो हुने गर्छ ।

सिटी स्क्यानपछि सिटी एन्जियो गर्दा तुरुन्तै अप्रेसन गरिहाल्नुपर्ने देखिएन, तर सिटी एन्जियो गर्दा पनि प्रस्ट नदेखिएपछि डिजिटल सब्ट्रक्सन एन्जियोग्राफी (डिएसएल) गर्नुपर्यो । यो जाँच प्रविधिमा बिरामीलाई सुताएर एउटा खुट्टाको ठूलो नसाबाट तार पठाएर मुटुको माध्यम हुँदै अझ माथि दिमागसम्म पुर्याउने गरिन्छ । यो प्रविधिबाट जाँच गर्दा कन्ट्रास्ट हालेर जाँच गरिने भएकाले अरू रोग देखिए पनि उपचार गर्न सकिन्छ । यसरी बिरामीको डिजिटल सब्ट्रक्सन एन्जियोग्राफी (डिएसएल) जाँच गर्दा दिमागको पानी जम्ने भित्री भागमा नसाको गुजुल्टो देखिएको र यो धेरै भित्री भागमा देखिएको छ । यो एकदमै बिरल र जटिल प्रकारको अवस्था हो ।

न्युरोलोजिस्ट र इन्टरभेन्सनिस्ट डा. सामर्थ सिंह, डा. विवेक वैद्य, एनेस्थेसिया विशेषज्ञ डा. कनक नर्सिङ स्टाफ उष्मा, भूमिका, एलिनालगायत टिमको संलग्नतामा सफल जाँच गर्नुका साथै क्याथल्याब सेवा सुचारु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय