पेरिनेटल सोसाइटी अफ नेपालको नेतृत्वमा डा. बज्राचार्य, यस्तो छ नयाँ कार्यसमिति

हेल्थपोस्ट
प्रकाशित
२०७६ मंसिर १९ गते १८:४७

नेपालमा मातृ तथा शिशुमृत्युदर कम गर्ने उद्देश्यका साथ स्थापित सम्बन्धित विभिन्न विधाका चिकित्सक तथा स्वास्थ्यकर्मीको साझा संठगन पेरिनेटल सोसाइटी अफ नेपालले नयाँ नेतृत्व पाएको छ । शुक्रबार सम्पन्न सोसाइटीको अधिवेशनले डा. विनोदलाल बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

पेरिनेटल सोसाइटी बाल तथा स्त्रीरोग विशेषज्ञ एवम् जनस्वास्थ्य विज्ञहरूको साझा संस्था हो । सोसाइटीमा २ सयभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी सदस्यका रूपमा आबद्ध छन् ।

डा. बज्राचार्य नेतृत्वको नयाँ कार्यसमितिमा डा. आस्मा राणा वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् । त्यसैगरी, उपाध्यक्षमा डा. सुनीलराज मानन्धर, महासचिवमा डा. कल्पना उपाध्याय सुवेदी, सहसचिवमा डा. विकास श्रेष्ठ, कोषाध्यक्षमा मीना शर्मा र सहकोषाध्यक्षमा प्रा. किरण बज्राचार्य चयन भएका छन् ।

यसैगरी, सदस्यहरूमा डा. शैलेन्द्रवीर कर्माचार्य, डा. सुशीला श्रेष्ठ, डा. रीता हमाल सिंह, डा. ओमकृष्ण पाठक र तुम्ला श्रेष्ठ चयन भएका छन् । डा. शीला वर्मा, डा. धनराज अर्याल, डा. इन्दिरा सत्याल, डा. ज्योतिरत्न धाक्ख्व र डा. कस्तुरी मल्ललाई सल्लाहकारका रूपमा चयन गरिएको छ ।
यसअघिकी अध्यक्ष डा. कुसुमलता मिश्र इमिडिएट पास्ट प्रेसिडेन्टका रूपमा कार्यसमितिमा पदेन छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय