मन्त्री ढकालको घोषणा : स्वास्थ्य क्षेत्रका अनियमितता र बेथितिको अन्त्य गर्छु

दुई साताअघि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा आएका मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको सुधारसम्बन्धी एकपछि अर्को अनौपचारिक घोषणा गरिरहेका छन् । यसैक्रममा बिहीबार १६औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको कार्यक्रममा मन्त्री ढकालले स्वास्थ्य क्षेत्रको अनियमिता र बेथेतिको अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । स्वास्थ्यमा अब कुनै पनि अनियमिता स्वीकार्य नहुने उनको भनाइ छ ।

मन्त्री ढकालले औषधि र उपकरण खरिद प्रक्रियामा अनियमितता हुँदै आएको तर्फ संकेत गर्दै अब त्यस्तो हुन नदिने बताए । ‘औषधि तथा उपकरण खरिदमा स्वार्थकेन्द्रित वा व्यक्तिलाई बलियो बनाउने जेजति काम भएका छन्, ती सबैलाई अब निस्तेज गरिनेछ,’ मन्त्री ढकालले भने, ‘संस्था र सर्वसाधारण जनताको पहुँचमा स्वास्थ्यसेवा पुर्याउनका निमित्त दुरूपयोगका जुनसुकै कुरामा नियन्त्रण गर्नेछु ।’

मन्त्री ढकालले यसअघि जेजस्तो गर्दै आएको भए पनि अब सुध्रिनका लागि सबैलाई सचेत गराए । ‘विगतमा के गर्नुभयो त्यो मेरा लागि त्यति ठूलो विषय रहेन,’ मन्त्री ढकालले भने, ‘तर, अब म आएको छु, अनियमितता हुने वा गर्ने कुरामा कसैलाई पनि छुट हुनेछैन ।’

सार्वजनिक पदमा बसुन्जेल जनताका लागि सेवा गर्नुपर्छ भन्ने मान्यताबाट आफू कहिल्यै विचलित नभएको र नहुने मन्त्री ढकालले बताए । स्वास्थ्य क्षेत्रमा भएको उपलब्धिलाई जनताको प्रत्यक्ष सरोकारको विषय आमजनताको स्वास्थ्यमा पहुँचमा केन्द्रित गर्ने र सबैलाई लाभ दिने मान्यताका आधारमा आफू अगाडि बढिरहेको उनको भनाइ थियो ।
‘अब बाहिरबाट आएको पैसा सेमिनार र विदेश भ्रमणमा मात्र खर्च हुनेछैन,’ मन्त्री ढकालले भने, ‘अब कामको अनुगमन, मूल्यांकन हुनेछ । राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड व्यवस्थाका आधारमा अगाडि बढ्नेछौँ ।’ जनताले अनुभूत गर्नेखालको सेवाप्रदान गर्नका लागि प्रतिबद्ध भएर सरकार लागिपरेको मन्त्री ढकालको दाबी थियो । यद्यपि, यसअघि कानुन मन्त्रालयको जिम्मेवारीबाट प्रत्यक्ष जनसरोकारको स्वास्थ्यमा ल्याइएका मन्त्री यादवको सुधारात्मक घोषणाको व्यावहारिक कार्यान्वयन भने हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय