गण्डकी मेडिकल कलेजमा प्रश्नपत्र आउट, कलेज सञ्चालककै हात रहेको विद्यार्थीको जिकिर

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान ( आइओएम) द्धारा सञ्चालित एमबिबिएस प्रथम वर्षको प्रश्नपत्र एकघण्टा नबित्दै आउट भएको छ । गण्डकी मेडिकल कलेजमा सञ्चालित परीक्षामा प्रश्नपत्र बाहिर आएको कलेजका अध्यनरत विद्यार्थीले जानकारी दिए । उनका अनुसार प्रश्नपत्र बाहिरिनुमा कलेज सञ्चालकको हातरहेको छ ।  बिहान १० बजेबाट परीक्षा संचालन भएको थियो । परीक्षा संचालन भएको केही मिनेटमा नै प्रश्नपत्र बाहिरिएको थियो ।

परीक्षा बहिष्कार गर्ने विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

अवैध शुल्क फिर्ताको प्रमुख माग राख्दै महिनौदेखि आन्दोलनरत मेडिकल विद्यार्थीले तीनमा मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् ।  चितवन मेडिकल कलेज , युनिर्भसल कलेज अफ साइन्सेस, नेसनल मेडिकल कलेजका विद्यार्थीहरुले आज भइरहेको एमबिबिएसको परीक्षा बहिष्कार गरेका छन् । किष्ट मेडिकल कलेज तथा गण्डकी मेडिकल कलेजमा सिनियरले वा प्रधानध्यापकको थर्काइएका कारण परीक्षामा सामेल हुनु परेको विद्यार्थीले गुनासो गरेका छन् ।
उनीहरुले कलेजहरुले सबै विद्यार्थीबाट असुलेको अवैध शुल्क फिर्ता नगरेसम्म पठन–पाठन, परीक्षालगायत शैक्षिक कार्यक्रममा सहभागी नहुने र आन्दोलन जारी राख्ने बताएका छन् ।

यसअघि २१ कात्तिकदेखि सञ्चालन गर्ने गरी तय गरिएको परीक्षा विद्यार्थीकै बहिष्कारका कारण आइओएमले बुधबारदेखि सुरु हुने गरी सारेको थियो । सारिएको मितिमा पनि विद्यार्थीले परीक्षा बहिष्कार गरेर आन्दोलन जारी राखेका हुन् । १० मंसिरमा सरकार र केलेज सञ्चालकबीच अवैध असुलिएको शुल्क फिर्ताबारे दुईबुँदे सहमति भएसँगै आइओएमले परीक्षा फर्म भर्ने म्याद १५ मंसिरसम्मका लागि थप गर्दै तोकिएको मितिमा परीक्षामा सामेल हुन आन्दोलनरत विद्यार्थीलाई आह्वान गरेको थियो । तर, विद्यार्थीले भने कलेज सञ्चालकसितको मिलेमतोमा सरकारले पीडित विद्यार्थीले न्यय नपाउने गरी ठगीकर्ता सञ्चालकलाई उन्मुक्ति दिने हिसाबले सहमति गरेको भन्दै आन्दोलन जारी राखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय