अछाममा छाउगोठमा गयो महिलाको ज्यान

जीवन विष्ट
प्रकाशित
२०७६ मंसिर १६ गते १४:२१

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै वेला अछाममा छाउगोठमा एक महिलाको ज्यान गएको छ । साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको छाउगोठमा ज्यान गएको हो ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली घटनास्थलमा खटाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी छ । महिनावारीका वेला छाउगोठमा बस्नुपर्ने कुप्रथाले प्रश्रय पाइरहेका कारण नै रावतले ज्यान गुमाउनुपरेको हो ।

मध्यपश्चिम र सुदूरपश्चिमका पहाडी जिल्लामा आज पनि छाउपडीजस्तो मानवताविरोधी कुप्रथा कायमै छ । महिलाको अधिकार संवैधानिक रुपमै स्थापित भइसक्दा पनि यस किसिमका बर्बर घटना घट्नुले समाज र राज्यलाई नै गिज्याइरहेको छ । यसले संवैधानिक अधिकार कार्यान्वयनको नाजुक अवस्थालाई उजागर गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय