एचआइभी संक्रमित रोगका कारण मर्दैन, समाजले दिने लाञ्छना र विभेदका कारण मर्छ

एचआइभी एक प्रकारको भाइरस हो । एड्स त्यस्तो अवस्था हो, जहाँ मानवमा शरीरको रोगसँग लड्ने क्षमता (प्रतिरोधात्मक शक्ति) ह्रास भएर अवसरवादी रोगहरु र अवसरवादी क्यान्सर देखिन्छन् । एचआइभी संक्रमित व्यक्ति एड्सको अवस्थामा पुग्नका लागि दशौँ वर्ष लाग्छ । समयमै पहिचान भई उपचार भएमा एड्सको अवस्था आउँदैन । एचआइभी संक्रमणको कारण शरीरको रोगसँग लड्ने फेलुलर इम्युनिटी (सिडी४ कोषिका) ह्रास गराउँदछ । यसको संख्या ५ सयदेखि १५ सयको हाराहारीमा हुन्छ । यो संक्रमण भएको ८–१० वर्षपछि सिडी४ कोषिका २ सयभन्दा कम भएको अवस्थामा एड्सका लक्षणहरु देखिन थाल्दछन् । यी कोषिकाहरुले हाम्रो शरीरमा रोगसँग लड्ने एक किसिमको शक्तिको रुपमा काम गर्दछ । यो कम भएको अवस्थामा टिभी, पिसिपी निमोनिया, क्रिप्टोकोकल मेनिन्जाइटिस, क्रोनिक डायरिया, मुख, घाँडी तथा आन्द्रामा क्यान्डिडा (ढुसी) को संक्रमण, लामो समयसम्म पखाला लाग्ने, शरीरको तौल घट्दै जाने, महिनौँ दिनसम्म ज्वरो आउने, साह्रो किसिमका अन्य ब्याक्टेरियाको निमोनिया, सेप्टिसिनिया हुने र विभिन्न किसिमका सोलिड क्यान्सर, रक्तकोषिकाका क्यान्सरहरु देखिन्छन् ।

कुनै व्यक्तिलाई एचआइभी संक्रमण भइसकेपछि त्यसको कारणले एड्सको अवस्थामा पुग्न १०औँ वर्ष लाग्न सक्छ । यसबीचमा मानिस विनालक्षणको हुने गर्छ । मानिस स्वस्थ देखिन्छ । यस अवधिमा विवाह गर्न सक्छ, अन्य पार्टनलाई एचआइभी संक्रमण गराउन सक्छ । रूप–रङ हेरेर एचआइभी छ कि छैन थाहा हुँदैन । जबसम्म हामीले रगतको परीक्षण गराउँदैनौँ, तबसम्म एचआइभी छ कि छैन थाहा हुँदैन । त्यसैकारण अघिल्लो वर्षको एड्स दिवसमा ‘आफ्नो अवस्था पहिचान गरौँ’ भन्ने नारा दिइएको थियो । विशेष गरेर जोखिमपूर्ण व्यवहार भएका व्यक्ति (असुरक्षित यौनसम्पर्क गर्ने व्यक्ति, इन्जेक्सनमार्फत ड्रग लिने व्यक्ति)ले एचआइभी संक्रमणको जाँच समयमै गराउनुपर्छ ।

एचआइभी नामक भाइरसका कारण शरीरको रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कमजोर भइसकेको अवस्थामा केही अवसरवादी रोग, अवसरवादी क्यान्सर भएको अवस्था नै एड्स हो । एचआइभी सार्ने मुख्य कारणमध्ये नेपालमा ७६ प्रतिशत असुरक्षित यौनसम्पर्कबाट सर्ने गरेको अनुसन्धानले देखाएको छ । त्यसैगरी, ड्रगमा फसेका मानिसले सुई आदान–प्रदान गरेको अवस्थामा र संक्रमति आमाबाट जन्मिएका २५ प्रतिशत बच्चामा एचआइभी संक्रमण हुने सम्भावना हुन्छ । कहिलेकाहीँ गुणस्तरहीन किटबाट रगत परीक्षण गर्दा पनि एचआइभी हुने सम्भावना रहन्छ ।

एचआइभीका कारण धेरै मृत्यु भइरहेको छ जसको मुख्य कारण मानिसले आफ्नो स्ट्याटस थाहा नपाउनु हो । नेपाल सरकारसँग औषधि खुवाउन सक्ने क्षमता छ । नेपालका ७८ भन्दा बढी एआरटी साइडबाट देशभर औषधि उपलब्ध छ । तर पनि बिरामीको समयमा पहिचान नहुनु प्रमुख समस्याका रूपमा रहेको छ । जो व्यक्तिले एचआइभीसम्बन्धी जोखिमपूर्ण व्यवहार रहेको छ, उसले जाँच गराउनुपर्छ । तर, त्यसो गरेको पाइँदैन, टिबी, ढुसीले ग्रस्त बनाइसकेपछि मात्र परीक्षणका लागिआउने गरेको पाइन्छ । मबाट असुरक्षित काम भएको छ, मलाई एचआइभी हुन सक्छ भन्ने ज्ञानको अभाव छ ।

नेपालमा पछिल्लो समय एचआइभी संक्रमितको संख्या २९ हजार ९ सयको हाराहारीमा रहेको अनुमान छ । पहिचान गरेर १८ हजार एचआइभी संक्रमितलाई एआरटी राखेका छौँ । नेपाल सरकारले सन् २०२० सम्ममा ९०/९०/९० को अवधारणा ल्याएको छ । ती २९ हजार ९ व्यक्तिबाट ९० प्रतिशत व्यक्तिको पहिचान गरेर तीमध्ये ९० प्रतिशतलाई एआरटीमा राख्ने र तीमध्ये ९० प्रतिशतमा भाइरल रोल्ड न्यून गराउने योजना छ । त्यसैअनुरूप विभिन्न किसिमका कार्यक्रम सञ्चालन भएका छन् । अहिलेको अवस्थामा हामीले लक्ष्यप्राप्तिका लागि अझै युद्धस्तरमा काम गर्नुपर्ने देखिन्छ । धेरै किसिमका कार्यक्रम बृहत् रूपमा गर्नु जरुरी छ ।

केही समयका लागि वैदेशिक रोजगारीमा जाने व्यक्ति, स्वास्थ्यबारे राम्रो जनचेतना नभएका व्यक्ति एचआइभी संक्रमणको जोखिम भए पनि परीक्षण नगरिएका कारण अवसरवादी रोग लागेर अस्पताल आउने संख्या धेरै छन् । प्रतिवर्ष झन्डै ३ सय ५० सय एचआइभी संक्रमित व्यक्ति शुक्रराज अस्पतालमा भर्ना हुने गरेका छन् । तीमध्ये १०–१२ प्रतिशतको मृत्यु हुने गरेको छ । उपचार गर्न निकै गाह्रो हुने रोगहरु साथै ल्याब सुविधाको सीमितताका कारण पहिचान गर्न नसकिने रोगहरुका कारण केही व्यक्तिको मृत्यु हुने गर्छ ।

हाम्रा जति पनि कार्यक्रम छन्, महिला यौनकर्मी दिदी–बहिनी, माइग्रेन्ट लेबर वर्कर, उनीहरुको परिवारका सदस्य, ड्रग प्रयोग गर्ने व्यक्ति, पुरुष समलिंगीहरु, यौनिक अल्पसंख्यक, गर्भवती महिलामा एचआइभी पहिचान तथा उपचारमा केन्द्रित छन् । पहिलो ९० लक्ष्य प्राप्तिका लागि यिनै वर्गका मानिसलाई तालिम दिएर एचआइभी परीक्षण गराई संक्रमितको खोजी गर्ने काम सुरु गरेका छौँ । यसै उद्देश्यलाई प्राप्त गर्न संक्रमितका यौन साथीहरु खोजी–खोजी एचआइभी परीक्षणलाई अघि बढाएका छौँ ।

दोस्रो लक्ष्य प्राप्तिका लागि सर्वसुलभ एचआइभी संक्रमणविरुद्ध दिइने एन्टटेक्ट्रेभाइरल थेरापी पुर्याउनका लागि देशैभरि ७८ भन्दा बढी एआरटी साइट र २० भन्दा बढी एआरटी डिस्पेन्सिङ साइट खोलिएको छ । तेस्रो लक्ष्य प्राप्तिका लागि देशका विभिन्न क्षेत्रमा एचआइभीको भाइरल मापन गर्ने मेसिनहरु राखिएका छन् । यो सुविधा काठमाडौंमा एनपिएचएल, शुक्रराज अस्पताल, वीर अस्पताल, काठमाडौंबाहिर पोखरा, सेती, धनगढी र विराटनगरमा राखिएको छ ।

एचआइभीका कारण धेरै मृत्यु भइरहेको छ जसको मुख्य कारण मानिसले आफ्नो स्ट्याटस थाहा नपाउनु हो । नेपाल सरकारसँग औषधि खुवाउन सक्ने क्षमता छ । नेपालका ७८ भन्दा बढी एआरटी साइडबाट देशभर औषधि उपलब्ध छ । तर पनि बिरामीको समयमा पहिचान नहुनु प्रमुख समस्याका रूपमा रहेको छ । जो व्यक्तिले एचआइभीसम्बन्धी जोखिमपूर्ण व्यवहार रहेको छ, उसले जाँच गराउनुपर्छ । तर, त्यसो गरेको पाइँदैन, टिबी, ढुसीले ग्रस्त बनाइसकेपछि मात्र परीक्षणका लागिआउने गरेको पाइन्छ । मबाट असुरक्षित काम भएको छ, मलाई एचआइभी हुन सक्छ भन्ने ज्ञानको अभाव छ । एचआइभी संक्रमणबाट बच्न एआरटी नामक औषधि प्रयोग गर्न सकिन्छ ।

विश्वमा पहिलोपटक सन् १९८१ मा एड्स भएका बिरामी देखापरे । १९८४ मा भाइरसका कारण भएको हो भन्ने पुष्टि भयो । १९८७ मा एआरटीको औषधि प्रयोगमा आयो । १९९६ सम्म आइपुग्दा संक्रमितलाई प्रभावकारी तीन औषधि दिन सकियो भने भारइसलाई लामो समयसम्म न्यून बनाउने अध्ययनले देखायो । त्यसपश्चात् अहिलेसम्म पनि प्रभावकारी ३ औषधिको मिश्रण भएको औषधि प्रयोग गरिन्छ, जसलाई हाइली एक्टिभ एन्टिरेक्ट्रोभाइरल थेरापी (हार्ट) भनिन्छ । नेपालमा यो औषधिको सुरुवात २००४ मा २५ जना संक्रमितबाट सुरु गरिएको थियो । अहिले सन् २०१९ सम्म आइपुग्दा १८ हजार संक्रमितलाई यसको सेवन गराउन हामी सक्षम भएका छौँ । एक किसिमले यो ठूलो प्रतिफल हो ।

समयमै हार्टमा राखिएका बिरामी अन्य मानिससरह आफ्नो आयु बाँच्न सक्दछन् । हार्टको उपचारमा रहेर नियमित औषधि खाने र भाइरल लोड न्यून भइसकेका व्यक्तिहरु अकालमा मर्नुहुँदैन । दूरदराजका एआरटी सेन्टरहरूमा राम्रोसँग मोनिटरिङ भएको छैन । त्यसैकारण एआरटी खाएको मानिस पनि बिरामी परेर आइरहेका हुन्छन् । एरआरटी खाएर बिरामी पर्ने पनि धेरै कारण हुन्छन् । निर्देशनबमोजिम औषधि नखानु, बीचमै छाड्नु, औषधि लिन आउन समय नहुनुजस्ता धेरै समस्या यसका कारण हुन् ।

एचआइभी एड्स संग रहेको लाञ्छनाविभेद, अशिक्षाको कारणले एचआइभी जोखिममा भएतापनि एचआइभी परीक्षण गर्न डराउछन् । एचआइभी संक्रमित पत्ता लागेपनि लुकेर बस्ने गर्दछन् । समाजको हेलाको कारणले औषधि खान छोड्ने र ड्रग जाने, रक्सी धेरै पिउने जस्ता कार्यहरु गर्ने गर्दछन् । देशैभरी एआरटी साइड भएतापनि घर नजिकै केन्द्र भएतापनि कसैले देख्छ कि, थाहा पाउँछ कि, लाञ्छनाविभेद गर्छन् कि, अथवा गरेका कारणले एचआइभी संक्रमितहरु काठमाडौँका एआरटि साईडमा औषधि लिन आउने गर्दछन् । विस्थापित भएर घर छोडी अन्यन्त्र वास्थान बनाएर बसेका छन् ।

एचआइभी संक्रमितको संख्या घट्दै गएको देखिन्छ । देशभर ७८ वटा ठाउँबाट औषधि बाँडिनु तथा उपचारात्मक तथा जनचेतनामूलक विभिन्न कार्यक्रम बढ्दै गएपछि संख्या घट्नु स्वाभाविक हो । तर, साँच्चै यी कार्यक्रमको कभरेज सबैतिर छ कि छैन पत्ता लागउनु जरुरी छ । एआरटी खाएको मानिस एचआइभीकै कारण मर्नुहुँदैन, यदि कुनै व्यक्ति मर्छ भने कहीँ न कहीँ मोनिटरिङको पक्षमा कमजोरी छ भन्ने बुझ्नुपर्छ ।

नेपालमा २९ हजार ९ सय ४४ एचआइभी संक्रमित रहेको अनुमान गरिएकोमा करिब २१ हजार मात्र जीवित छन् । २१ हजारमध्ये १८ हजारले मात्र नियमित औषधि सेवन गरिरहेका छन् । यसबीचका बाँकी पहिचान भएका कहाँ गए, त्यसको खोजी हुनु जरुरी छ । औषधि सेवन गर्न आएका मानिस खान सुरु गरेपछि हराएका छन् । कोहीको मृत्यु भयो कि, विदेश को गए कि, औषधिको प्रयोग गर्नै छाडे कि, यसको तथ्यांक स्पष्ट हुनु जरुरी छ । यही नै यो कार्यक्रमको प्रमुख चुनौती हो । एचआइभी संक्रमितको पहिचान गर्ने जति पनि कार्यक्रम बनाएका छौँ, तिनको युद्धस्तरमा स्थानीय तहसम्म कार्यान्वयन गर्नु जरुरी छ ।

बच्ने उपाय
एकजना पार्टनरबाहेक अन्यसँग यौनसम्पर्क गर्नुहुँदैन । कोही व्यक्तिको पार्टनर खोज्ने बानी छ भने प्रत्येकपटक यौनसम्पर्क गर्दा कण्डमको सही प्रयोग गर्नुपर्छ । ड्रग लिने मानिसले सकेसम्म ड्रगको प्रयोग नगर्ने र नगरी नछोड्ने हो भने पनि सफा सुईको प्रयोग गर्नुपर्छ र साथीभाइबीच सुई आदान–प्रदान गर्नुहुँदैन । आफूमा एचआइभी संक्रमण छ कि छैन भनेर प्रत्येक आमाले एचआइभी परीक्षण गराउनुपर्छ । संक्रमण भइहालेको अवस्थामा तुरुन्तै एचआइभी संक्रमणविरुद्धको औषधि प्रयोग गर्नुपर्छ ।

स्वास्थ्यसंस्थामा काम गर्ने स्वास्थ्यकर्मीले युनिभर्सल प्रिकसन अपनाउनु जरुरी हुन्छ । कुनै कारणवश एचआइभी एक्पोज भएमा ७२ घण्टाभित्र प्रयोग गरिने पोस्ट एक्सपोजर प्रोफाइल एक्सेस प्रयोग गर्नुपर्छ । यो उपचार असुरक्षित यौनसम्पर्क वा अन्य जोखिमपूर्ण व्यवहार भएको अवस्थामा पनि प्रयोग गर्न सकिन्छ । जो व्यक्ति एचआइभी संक्रमणको जोखिममा छन्, त्यस्ता व्यक्तिले प्रिएक्सपोजर प्रोफाइल एक्सेस लिन सकिन्छ ।

एचआइभी संक्रमितलाई निन्दा नगर्नुहोस् । एचआइभी भएको व्यक्ति तपाईंसरह बाँच्न सक्छ । जबसम्म हामी संक्रमितलाई लाञ्छना गलाउँछौँ, विभेद गर्छौैं, त्यतिवेलासम्म ऊ बाँचेर पनि मरिरहेको हुन्छ । एचआइभी एड्सको कारणले मानिस मर्दैन, समाजबाट पाएको लाञ्छना र भेदभावका कारणले मरिरहेको हुन्छ । एचआइभी संक्रमण लामो समयसम्म औषधि खाएर जीवन व्यवस्थापन गर्न सकिने रोग हो । एचआइभी संक्रमण सामान्य रोग हो, जुन छुँदा, सँगै बस्दा, जुठो खाँदा सर्दैन । तर, समाजले एचआइभी संक्रमितलाई अँगाल्न सकेको छैन । उनीहरूलाई विभिन्न लाञ्छना लगाउने र विभेद गर्ने गरिएको छ । मसँग २०–२२ वर्षअघिदेखि नियमित औषधि सेवन गरिरहेका संक्रमित छन् जो स्वस्थ छन् । उनीहरू विभिन्न पेसामा छन्, सामान्य रूपमा काम गरिरहेका छन् र स्वस्थ्य छन् । ती व्यक्तिलाई आफ्नो जीविकोपार्जन गरिरहँदा समाजको लाछना विभेदले आफेनो मनभित्र कुठालिएर बाचिँरहेको देखिन्छ ।

एचआइभी एड्स संग रहेको लाञ्छनाविभेद, अशिक्षाको कारणले एचआइभी जोखिममा भएतापनि एचआइभी परीक्षण गर्न डराउछन् । एचआइभी संक्रमित पत्ता लागेपनि लुकेर बस्ने गर्दछन् । समाजको हेलाको कारणले औषधि खान छोड्ने र ड्रग जाने, रक्सी धेरै पिउने जस्ता कार्यहरु गर्ने गर्दछन् । देशैभरी एआरटी साइड भएतापनि घर नजिकै केन्द्र भएतापनि कसैले देख्छ कि, थाहा पाउँछ कि, लाञ्छनाविभेद गर्छन् कि, अथवा गरेका कारणले एचआइभी संक्रमितहरु काठमाडौँका एआरटि साईडमा औषधि लिन आउने गर्दछन् । विस्थापित भएर घर छोडी अन्यन्त्र वास्थान बनाएर बसेका छन् ।

समाजलाई मेरो के अनुरोध छ भने एचआइभी संक्रमितलाई निन्दा नगर्नुहोस् । एचआइभी भएको व्यक्ति तपाईंसरह धेरै बाँच्न सक्छ । जबसम्म हामी संक्रमितलाई लाञ्छना गलाउँछौँ, विभेद गर्छौैं, त्यतिवेलासम्म ऊ बाँचेर पनि मृत्युको मुखमा पुगेको फिलमा  हुन्छ । एचआइभी एड्सको कारणले मानिस मर्दैन, समाजबाट पाएको लाञ्छना र भेदभावका कारणले मनमनै मरिरहेको हुन्छ । काठमाडौंमै हेर्ने हो भने एचआइभी संक्रमितले कोठा पाउने अवस्था छैन, स्कुलमा भर्ना पाउँदैन । संक्रमितप्रति समाजमा लाञ्छना र विभेदको अवस्था विकराल छ ।

अस्पतालमा डाक्टर, नर्सले पनि एचआइभी संक्रमितलाई छिछि–दूरदूर गरेको पाइन्छ । एचआइभी संक्रमितको चेकजाँच नगर्ने, उपचारमा ढिलाइ गर्नेजस्ता प्रवृत्ति अझै पनि कायम छ । संक्रमितप्रति समाजको दृष्टिकोण केही हदसम्म परिवर्तन भएको छ होला, तर लञ्छाना र विभेद आजको दिनमा पनि कायमै छ । सन् २०३० सम्मएचआइभी एड्सको महामारी अन्त्यगरी दिगो विकासको लक्ष्य प्राप्ति गर्नको निम्ति एचआइभी एड्स संक्रमण र मृत्यु जिरो बनाउन हटाउन आजैदखि लाञ्छना विभेद अन्त्य गर्न समुदायको प्रभावकारी भुमिका जरुरी छ ।

(हेल्थपपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय