चिकित्सक संघमा तीन वर्षमा थपिए झन्डै ६ हजार सदस्य, सदस्यता टुंग्याउने अन्तिम दिन विवाद

नेपाल चिकित्सक संघको २८औं कार्यसमितिको निर्वाचन मिति नजिकिँएसँगै सदस्यता टुंगो लगाउँने अन्तिम दिन विवाद उत्पन्न भएको छ । सदस्यता टुंगो लगाउँने अन्तिम दिन नगद नभई चेक भुक्तानीका आधारमा पनि सदस्यता दिइएको भन्दै नेकपा निकटका चिकित्सकले संघको कार्यलयमा नारावाजी गरेपछि तनाव उत्पन्न भएको हो । प्रगतिशील समूहका चिकित्सकले कार्यालयमा रहेका केही कुर्सी फालेको र राज्यसक्ता लगाएर देखाइदिने धम्की समेत दिएको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले बताए ।

यसबीचमा एनएमएमा आफ्नो वर्चश्व बचाउँन प्रगतिशील र प्रजातन्त्रवादी दुबै समूहका चिकित्सकले आक्रामक रुपमा सदस्य विस्तार गरिरहँदा अन्तिम दिन तनाबको स्थिति सृजना भएको हो । सो क्रममा नेकपा निकटका चिकित्सकले राज्यसत्ता लगाउँने चेतावनी समेत दिएका छन् । घोषित निर्वाचन तालिकाका आधारमा सदस्यता टुंगो लगाउँनुपर्ने अन्तिम दिन शनिबारसम्म चिकित्सक संघका सदस्यको संख्या झण्डै १२ हजार पुगेको छ । तीन वर्षअघि संघको सदस्य संख्या ६ हजार ७२ थियो ।

प्रगतिशील समूहबाट अध्यक्षको प्रत्याशी चिकित्सक पुष्पमणि खरालले अर्को कोठामा बसेर नगद नभई पनि भटाभट रसिद काटेको भेटिएपछि आफूहरुले आपत्ति जनाएको र सो क्रममा केही चिकित्सकहरु आक्रोशित हुँदा तनाव उत्पन्न भएको स्वीकारे । प्रगतिशील समूहले सुरुमा लफडा झिकेर पछि आफै गृह प्रशासन गुहार्दै प्रहरी बोलाएको थियो । तनाब सुरु भएपछि प्रजातान्त्रिक समूहका अधिकांश चिकित्सकहरु लाखापाखा लागेका थिए ।
‘संघको अहिलेको संस्थापन पक्षले मनपरी गर्ने हो भने,हामी पनि राज्य संस्था गुहार्छौ भन्नु भएको हो ’ खरालले भने, ‘अन्तमा आजसम्म रसिद काटिएका सबैलाई मान्यता दिनेगरी सहमति भयो ।’

स्रोतका अनुसार दुबै समूहले अन्तिम दिनमा ठूलो संख्यामा सदस्या बढाइरहँदा रसिद काट्ने ढिला भइरहेको थियो । दिनभरजसो दुबै समूहका चिकित्सकहरुको बाक्लो उपस्थिति एनएमए मुख्यालय थियो । चार वजेपछि भने तनावको स्थिति बनेको थियो । संघको निर्वाचन आगामी माघमा हुँदैछ ।

One thought on “चिकित्सक संघमा तीन वर्षमा थपिए झन्डै ६ हजार सदस्य, सदस्यता टुंग्याउने अन्तिम दिन विवाद

  1. जसले नर्सिङ होम्, मेडिकल कलेज चलाएका छन र ति बाट परिचलित छन तिनिहरु लाई भोट दिनु महा भुल हुनेछ । तिनी हरुले मुख ले जे भने पनि ब्यबहार मा डाक्टर हरुको शोषण नै गर्नेछन चेतना भया ।कस कस्ले चलाएका छन राम्ररी बुझ्नुहोस । धन्यबाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय