एनएमए निर्वाचनका लागि प्रजातान्त्रिक समूहबाट सदस्य उम्मेदवारको समेत टुंगो

नेपाल चिकित्सक संघको माघमा हुने २८औँ कार्यसमिति निर्वाचनका लागि प्रजातान्त्रिक समूहले सदस्यका उमेदवारसमेतको टुंगो लगाएको छ ।
समूहले अन्य पदाधिकारीमा यसअघि नै टुंगो लगाएपनि सामान्य हेरफेर गरेर सदस्यसमेत सैद्धान्तिक टुंगो लगाएको जनाएको छ । जसअनुसार डा. नन्दा गुरुङ, भैरहवा, डा. रितेश थापा काठमाडौं, डा. निरज सिंह वीरगञ्ज, डा. विपेश आचार्य धरान, डा. प्रमोद जोशी धनगढी, डा. मनोर दिन सैयद, काठमाडौं र डा. विक्रान्त ढकाल, पोखरालाई उठाउने टुंगो लगाएको छ ।

पछिल्लो समयमा नाम टुंगो लागेका मध्ये डा. नन्दा गुरुङलाई पदाधिकारीमै समेत उठाउँने तयारी प्रजातान्त्रिक समूहको छ । समूहले अध्यक्षमा डा. लोचन कार्की, बरिष्ठ उपाध्यक्षमा शिबप्रसाद श्रेष्ठ, उपाध्यक्षमा डा. अनिलविक्रम कार्की, महासचिवमा डा. बद्री रिजाल, कोषाध्यक्षमा डा. शिवजी पौडेल, सहसचिवमा डा. प्रकाश बुढाथोकी र सहकोषाध्यक्षमा डा. विश्वराज दवाडीलाई उठाउने तय गरेको छ । यद्यपि यो निर्णयलाई लिएर अहिले विभिन्न पदाधिकारीमा समेटिएका र महासचिवमा आकांक्षी देखिएको अधिकांश चिकित्सक सन्तुष्ट छैनन् ।

नेपालकै सबैभन्दा पुरानो पेशागत संगठन संघको अगामी माघ ४, ५ गते उपत्यकाबाहिर र १७ देखि २१ गतेसम्म उपत्यकाभित्र निर्वाचन हुँदैछ । पुरानो संस्था संघमा लामो समयदेखि प्रजातान्त्रिक समूहको बर्चश्व छ ।

असन्तुष्टमध्ये कोहीले पनि उमेदवारी दर्ता गर्न इन्कार गरेमा नयाँ छानिएका नाममध्येबाटै उमेदवारको टुंगो लगाइने प्रजातान्तिक समूहका एक बरिष्ठ चिकित्सकले जानकारी दिए । नेपालकै सबैभन्दा पुरानो पेशागत संगठन संघको अगामी माघ ४, ५ गते उपत्यकाबाहिर र १७ देखि २१ गतेसम्म उपत्यकाभित्र निर्वाचन हुँदैछ । पुरानो संस्था संघमा लामो समयदेखि प्रजातान्त्रिक समूहको बर्चश्व छ ।

अघिल्लो निर्वाचनदेखि संगठित रुपमा देखिएको प्रगतीशील समूहले योपटक पनि पूर्ण प्यानल खडा गरेर मैदानमा उत्रने तयारीमा छ । प्रगतिशील समूहबाट अध्यक्षका लागि डा. पुष्पमणि खरालले उमेदवारी घोषणा गरिसकेपनि अन्य पदाधिकारी र सदस्यको नाम सार्वजनिक भएको छैन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय