प्रधानमन्त्री ओली खतरामुक्त, काममा फर्कन अझै १० दिन लाग्ने

चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै अस्पतालमा ७ दिनराख्नु पर्ने बताएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा चिकित्सकहरुले सम्मेलन गरी साे जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र खतरामुक्त रहेको निजि चिकित्सक डा. दिब्या सिंह शाहले जानकरी दिइन् । अहिले खाना खान थाल्नु भएको छ, पाचन क्रिया पनि नर्मल अवस्थामा रहेको छ, शाहले भनिन्,‘ अहिलेको अवस्थामा खतरामुक्त हुनुहुन्छ ।’

अस्पताल ल्याउने बेला सम्ममा संक्रमण पेटभरी फैलिएको उपचारमा संलग्न डा. रमेश सिंह भण्डारीले जानकारी दिए । ठीक समयमा राम्रो निर्णय लिएका कारण हामी सफल भयौँ,‘ सिंहले भने,‘ स्वास्थ्य अवस्थामा अपेक्षा गरेकोभन्दा सुधार भएको छ ।’ यहि गतिमा स्वास्थ्य सुधार हुने हो भने अर्को हप्ता सम्ममा अस्पतालबाट डिचार्ज हुने र नियमित काममा फर्कन सक्ने डा. सिंहले बताए ।

मंगलबार विहानदेखि पेट अत्याधिक दुखेपछि उनलाई अस्पताल लगिएको थियो । परीक्षणका क्रममा उनमा एपेन्डिसाइटिस र पेरिटोनाइटिस पुष्टि भएपछि तत्काल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि भेन्टिलेटरमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार भेन्टिलेटरबाट निकालेर आईसीयूमा राखिएको थियो । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीमा पुन : मिर्गौलाको समस्या देखिएको छ । प्रधानमन्त्री ओलीको बुधबार ५ औँ पटक डायलाइसिस पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय