१८ मंसिरको परीक्षामा सामेल हुन विद्यार्थीलाई आइओएमको आह्वान, १५ मंसिरसम्म फर्म भर्ने म्याद थप

 

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिन कार्यालयले १८ मंसिरमा सुरु हुने स्नातक तहको परीक्षामा सामेल हुन इच्छुका विद्यार्थीका फर्म भर्ने मौका दिएको छ । आइओएमले परीक्षा सुरु हुनु ३ दिनअघि १५ मंसिरसम्म विलम्ब शुल्क तिरेर फर्म विद्यार्थीलाई आह्वान गरेको छ । बिहीबार सूचना जारी गर्दै डिन कार्यालयले १५ मंसिरसम्म फर्म भर्ने म्याद थप गरेको हो ।

यसअघि सरकारले तोकेको शुल्क कार्यान्वयन र अवैध असुलिएको शुल्क फिर्ताको माग राख्दै महिनौँदेखि आन्दोलन विद्यार्थीले परीक्षा बहिष्कार गरेका थिए । विद्यार्थीको बहिष्कारपछि आइओएमले २१ कात्तिकका लागि निर्धारण गरेको परीक्षा १८ मंसिरका लागि सारेको थियो । आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भन्दै विद्यार्थीले नयाँ मितिमा समेत परीक्षामा सहभागी नहुने बताउँदै आएका छन् ।

सरकार र मेडिकल कलेजहरूबीच मंगलबार अतिरिक्त शुल्क फिर्ता गर्ने दुईबुँदे सहमति भएसँगै आइओएमले १८ मंसिरको परीक्षामा सामेल हुन विद्यार्थीलाई आह्वान गरको हो । यद्यपि, सरकार र कलेज सञ्चालकबीच भएको शुल्कफिर्ताको सहमति ठगिएका विद्यार्थीलाई न्याय दिने गरी नभई ठगीकर्ता कलेज सञ्चालकलाई उन्मुक्ति दिने गरी गरिएको भन्दै विद्यार्थीले आन्दोलन जारी राखेका छन् । सबै संकायका सबै विद्यार्थीबाट असुलिएको अवैध शुल्क विनासर्त फिर्ता हुनुपर्नेमा प्रथम र द्वितीय वर्षका विद्यार्थीको २ वर्षको मात्र अतिरिक्त शुल्क समायोजन गर्ने सहमति गरिएकोप्रति विद्यार्थीको आपत्ति छ ।

आइओएमले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतमा १० मंसिरमा बसेको बैठकले गरेको शुल्क समायोजन तथा शैक्षिक कार्यक्रम नियमित गर्ने २ बुदेँ निर्णय अक्षरशः कार्यान्वयन गरी पठन–पाठन तथा परीक्षाको कार्यक्रम सञ्चालन गर्न मेडिकल कलेजहरूलाई निर्देशन दिएको छ । अवैध शुल्क फिर्ता गराउनमा सरकारले प्रभावकारी कदम चाल्न नसक्दा चिकित्साशिक्षाको वार्षिक शैक्षिक क्यान्लेन्डरमै समस्या आउने खतरा बढेको छ । आइओएमले १८ मंसिरका लागि एमबिबिएस प्रथम वर्षको परीक्षा तय गरेको छ ।

आइओएमले बिहीबार जारी गरेको सूचनामा भूलवश शुक्रबारको मिति उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय