बेडमा उठेर बस्ने भए प्रधानमन्त्री ओली, उभिएर हिँड्न केही दिन लाग्ने

फाइल तस्वीर

एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि मनमोहनमा कार्डियोथोरासिस एण्ड ट्रन्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा त्रमिक रुपमा सुधार आएको छ ।  उपचारमा संलग्न डाक्टरका अनुसार प्रधानमन्त्री ओली अहिले बेडमा बस्न र बोल्न सक्ने भएका छन् ।

प्रधानमन्त्री ओली बेडमा बस्न तथा बोलचाल गर्न सक्ने भएको अस्पतालको स्रोतले बतायो । ‘ उहाँको स्वास्थ्यमा त्रमिक सुधार भइरहेको छ, तर अहिले नै हिड्न सक्ने हुनुभएको छैन,‘ बेडमा बसेर खुट्टाहरु तकाउन लगाएका छौ,हेल्थपोस्ट संग कुरा गर्दै स्रोतले भन्यो,‘ हिड्न अझै केहि समय लाग्छ ।’

मंगलबार विहानदेखि पेट अत्याधिक दुखेपछि उनलाई अस्पताल लगिएको थियो । परीक्षणका क्रममा उनमा एपेन्डिसाइटिस र पेरिटोनाइटिस पुष्टि भएपछि तत्काल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि भेन्टिलेटरमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार भेन्टिलेटरबाट निकालेर आईसीयूमा राखिएको थियो । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीमा पुनस् मिर्गौलाको समस्या देखिएको छ । प्रधानमन्त्री ओलीको बुधबार ५ औँ पटक डायलाइसिस पनि गरिएको थियो ।

प्रधानमन्त्रीले अस्पतालबाट भने : मेरो स्वास्थ्यमा सुधार भइरहेको छ
उचाररत प्रधानमन्त्रत्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थामा तीव्र गतिमा सुधार आएको  बताएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार ट्विट गर्दै भनेका छन्,‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ ।’ प्रधानमन्त्री ओलीले स्वास्थ्यस्थिति बारे चासो राख्ने, शुभेच्छा प्रकट गर्नेलाई धन्यवाद पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय