मालाखेती अस्पतालमा आकस्मिक सेवा सुरु

हेल्थपोस्ट
प्रकाशित
२०७६ मंसिर ११ गते १६:४०

कैलालीको मालाखेती अस्पतालमा आकस्मिक सेवा सुरु गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका–३ चौकीडाँडामा रहेको मालाखेती अस्पतालमा आउने बिरामीको संख्यालाई मध्यनजर गर्दै २४ घण्टे आकस्मिक सेवा सुरु गरिएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाका विष्णु जोशीले बताए ।

अस्पतालमा स्वास्थ्यसेवाका लागि प्रायः कैलाली र कञ्चनपुरका सेवाग्राही आउने गरेका छन् । जोशीका अनुसार अस्पतालमा २४सै घण्टा स्वास्थयसेवा उलब्ध गराउन चारजना चिकित्सक खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय