प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, भेन्टिलेटरबाट निकालियो

एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्यमा उल्लेख्य सुधार आएको छ ।अस्पताल स्रोतका अनुसार फोक्सोले सामान्य रुपमै काम गर्न थालेपछि भेन्टिलेटरको सहायता हटाइएको छ, भने रक्तचाप पनि सन्तुलित देखिएको छ ।

आइसियुका विशेषसहितको चिकित्सकको टोलीले रातभर बसेर ओलीको स्वास्थ्यलाई नजिकबाट हेर्ने र तत्काल हस्तक्षेप गर्ने नीति लिएको थियो ।
सोअनुसार सुधार देखिएपछि विहानै भेन्टिलेटरको सहायत हटाइएको थियो । ‘एक्सपेक्टेडभन्दा पनि राम्रो सुधार आइरहेको छ, नयाँ इन्फेक्सन थपिएन भने छिट्टै खतरामुक्त भन्न सकिन्छ’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘इमिनोकम्प्रोमाइज मान्छेमा अहिल्यै सबै ठिक हुन्न भन्न सकिन्न’ । ती चिकित्सकले हिजो अस्पताल आइपुग्दा र शल्यक्रियापछि रहेको नराम्रो अवस्थाको तुलनामा उल्लेख्य सुधार भन्न सकिने बताए ।

मंगलबार विहानदेखि पेट अत्याधिक दुखेपछि उनलाई अस्पताल लगिएको थियो । परीक्षणका क्रममा उनमा एपेन्डिसाइटिस र पेरिटोनाइटिस पुष्टि भएपछि तत्काल शल्यक्रिया गरिएको थियो । एपेन्डिक्सपछि पेटभित्र विकास फैलिएर पिप जम्मा भएको र संक्रमण समेत फैलिइसकेको चिकित्सकहरुले बताएका छन् । सो संक्रमण रगतमा समेत पुगेको निष्कर्षका साथ चिकित्सकहरुले उपचार जारी राखेका छन् । अहिले सो संक्रमण पनि बढ्न नपाएको र नियन्त्रणमा रहेको चिकित्सकहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय