बानेश्वरमा डाक्टरलाई ठक्कर दिएको बस र चालक रामेछापबाट प्रकाउ

हेल्थपोस्ट नेपाल

आइतबार बिहान नयाँ बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर फरार भएको बस र चालकलाई प्रहरीले रामेछापबाट पक्राउ गरेको छ । रामेछापबाछ बा ४ ख ६१४ नम्बरको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरिय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार बस र चालकको विषयमा अनुसन्धान भइरहेको छ । गाडी नियन्त्रणमा लिएको पुष्टि गरे पनि प्रकाउ परेका व्यक्तिको परिचय भने गोप्य नै राखिएको छ । दुर्घटना भएको क्षेत्रको सिसिटिभी फुटेजका आधारमा उक्त बस र चालकलाई प्रक्राउ गरिएको हो ।

बिहान मर्निङ वाकमा निस्केका ७२ वर्षिय डा प्रभु जोशीलाई संसद भवनको दक्षिण गेट अगाडि गाडीले ठक्कर दिएर भागेको थियो । ठक्करपछि डा जोशीको त्यही मृत्यु भएको थियो।डा जोशी एनेस्थोसियोलोजिष्ट हुन् । डा जोशी हाल इसान अस्पतालमा कार्यरत थिए भने त्यसअघि उनले त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालमा काम गरेका थिए ।



Leave a Reply

Your email address will not be published.