प्रधानमन्त्री ओलीको शल्यक्रिया सम्पन्न, केही दिन अस्पतालमै आराम गर्न चिकित्सकको सुझाब

प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ । पेटको समस्या देखिएपछि मंगलबार विहान महाराजगञ्जस्थित मनमोहन कार्डियो थेरासीस एण्ड भास्कुलर सेन्टर पुगेका थिए ।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा अरुण सायमीले जानकारी दिए ।  प्रधानमन्त्रिको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको छ,‘ डा. सायमीले भने,‘ यो सानो शल्यक्रिया हो । अब उहाँको स्वास्थ्य अवस्थामा विवरण हेरर अस्पताल कति सकय बस्ने भन्ने कुराको निर्धारण हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाका बिरामी हुन् । १२ वर्षअघि प्रत्यारोपण गराइएको मिर्गौलामा समस्या आएपछि उनले ४ पटक डायलायसिस गराइसकेका छन् ।करिब ४५ मिनेटको समयमा प्रधानमन्त्री ओलीको अपरेशन पूरा भएको हो ।

के हो एपेन्डिसाइटिस ?
दाहिने कोखाभन्दा अलिकति तल रहने एपेन्डिक्स कुनै पनि कारणले सुन्निन गएमा त्यसलाई एपेन्डिसाइटिस भनिन्छ । यो बिरामीका लागि एक आपत्कालीन अवस्था हो समयमै रोग ठम्याउन सकिएन र तुरुन्त उपचार सुरु गरिएन भने यसले बिरामीलाई चिन्ताजनक अवस्थामा पनि र्पुयाउन सक्छ । केही भाइरसको सङ्क्रमणले गर्दा एपेन्डिक्सको कोष सुन्निन्छन् र यसरी सुन्निएको कोषमा ब्याक्टेरियाजस्तै अक्सयुरियस भरमिकुलारिस, ई कोलाई इन्टेरोकोकाई आदिले गएर थप सङ्क्रमण गराउदँछन अनि एपेन्डिसाइटिस हुन्छ ।

एपेन्डिक्स ठूलो आन्द्रासँग सीधै जोडिएको हुनाले कहिलेकाँही ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिँदा आन्द्रामा रहेको दिशा फर्केर आई एपेन्डिक्समा पसेर एपेन्डिक्सको सङ्क्रमण गराउन सक्दछ । एपेन्डिक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्दछन् जुन प्रमुख कारणमध्ये एक हो । कब्जियतका बिरामीले दिशा खुकुलो बनाउने औषधिको अत्यधिक प्रयोग गरेमा पनि एमेन्डिसाइटिस हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय