प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अप्रेशन गर्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीको पेटमा समस्या देखिएपछि उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थेरासीस एण्ड भास्कुलर सेन्टर पुगेका छन् । अस्पताल पुगेर जाँच गराउँदा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसको समस्या देखिएको छ । एपेन्डिसाइटिस देखिएपछि शल्यक्रियाको तयारी भैरहेको छ अस्पतालले जनाएको छ ।
प्रधानामन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा अरुण सायमीले प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको र शल्यक्रियाको गर्न तयारी भएको बताएका छन् । डा. सायमीका अनुसार सम्बन्धित विशेषज्ञ चिकित्सकहरुको टोली शल्यक्रियाको तयारी भइरहेको जानकारी दिएका छन् । प्रधानमन्त्री ओली एक्कासी पेट दुखेपछि मंगलबार बिहान अस्पताल पुगेका थिए ।

 

के हो एपेन्डिसाइटिस ?
दाहिने कोखाभन्दा अलिकति तल रहने एपेन्डिक्स कुनै पनि कारणले सुन्निन गएमा त्यसलाई एपेन्डिसाइटिस भनिन्छ । यो बिरामीका लागि एक आपत्कालीन अवस्था हो समयमै रोग ठम्याउन सकिएन र तुरुन्त उपचार सुरु गरिएन भने यसले बिरामीलाई चिन्ताजनक अवस्थामा पनि र्पुयाउन सक्छ । केही भाइरसको सङ्क्रमणले गर्दा एपेन्डिक्सको कोष सुन्निन्छन् र यसरी सुन्निएको कोषमा ब्याक्टेरियाजस्तै अक्सयुरियस भरमिकुलारिस, ई कोलाई इन्टेरोकोकाई आदिले गएर थप सङ्क्रमण गराउदँछन अनि एपेन्डिसाइटिस हुन्छ ।

एपेन्डिक्स ठूलो आन्द्रासँग सीधै जोडिएको हुनाले कहिलेकाँही ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिँदा आन्द्रामा रहेको दिशा फर्केर आई एपेन्डिक्समा पसेर एपेन्डिक्सको सङ्क्रमण गराउन सक्दछ । एपेन्डिक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्दछन् जुन प्रमुख कारणमध्ये एक हो । कब्जियतका बिरामीले दिशा खुकुलो बनाउने औषधिको अत्यधिक प्रयोग गरेमा पनि एमेन्डिसाइटिस हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय