पिसाब चुहिने समस्या आउनासाथ इन्फेक्सनको उपचार सुरु गरिहाल्ने प्रचलन गलत छ

डा. तरुण प्रधान
प्रकाशित
२०७६ मंसिर ९ गते ११:०१

पछिल्लो समय महिलामा पिसाब चुहिने समस्या बढ्दै गएको छ । पिसाबमा हुने इन्फेक्सनबाहेकमा पनि घरी–घरी पिसाब फेर्न जानुपर्ने, पिसाब आएपछि शौचालय जाने समयसम्म पनि रोक्न नसक्नेजस्ता समस्या महिलामा देखिन्छ । यस्ता समस्यामा प्रायः इन्फेक्सनको मात्र उपचार भइरहेको पाइन्छ, जुन गलत हो ।

पिसाब चुहिने समस्या लिएर अस्पताल आएका महिलालाई समस्याबारे गहन रूपले सोधपुछ गरी समस्याको खास कारण पत्ता लगाउनेतर्फ परीक्षण केन्द्रित गर्नु जरुरी छ । इन्फेक्सनबाहेक अन्य कारणले पनि पिसाब चुहिने समस्या निम्त्याएको हुन सक्छ । जस्तो कि, केही महिलामा पिसाब सप्लाई गर्ने नसाहरूमा समस्या भएका कारण पिसाबथैलीमा धेरै पिसाब राख्न नसक्ने समस्या निम्तिएको हुन्छ । यस्तोमा थोरै पिसाब जम्मा हुनासाथ पटक–पटक पिसाब लागिरहने हुन्छ । तत्कालै पिसाब फेर्न नपाएको खण्डमा लगाएको लुगामै खुस्किने समस्या हुन्छ ।

महिलाले यस्तो समस्या लिएर आएको खण्डमा अधिकांश केसमा इन्फेक्सनको उपचार गरेको पाइन्छ, तर बिरामीलाई अर्कै समस्याले सताइरहेको हुन्छ । हामीले यस्तो समस्या भएका महिलालाई विभिन्न उपचार विधिबाट उपचार गराउँदै आएका छौँ ।  पिसाब चुहिने केसमा पहिले इन्फेक्सन हो कि होइन भनेर पत्ता लगाउनुपर्छ । इन्फेक्सन होइन भने ओभर याक्ट्रिक ब्लाडर हो भनेर बिरामीलाई राम्रोसँग बुझाउनुपर्छ र त्यसैअनुरूप उपचार गर्नुपर्छ । जस्तो कि, पिसाबथैली एकदमै चाँडो–चाँडो खुम्च्याउने किसिमका खानेकुराको प्रयोग गर्नुपर्ने हुन्छ । कागतिपानी, कोकाकोला, कफी, चियाको सेवन गर्दा पिसाब लागेको अनुभव हुँदैन भने पिसाब चुहिने पनि हुँदैन ।

पिसाब चुहिने केसमा पहिले इन्फेक्सन हो कि होइन भनेर पत्ता लगाउनुपर्छ । इन्फेक्सन होइन भने ओभर याक्ट्रिक ब्लाडर हो भनेर बिरामीलाई राम्रोसँग बुझाउनुपर्छ र त्यसैअनुरूप उपचार गर्नुपर्छ । जस्तो कि, पिसाबथैली एकदमै चाँडो–चाँडो खुम्च्याउने किसिमका खानेकुराको प्रयोग गर्नुपर्ने हुन्छ । कागतिपानी, कोकाकोला, कफी, चियाको सेवन गर्दा पिसाब लागेको अनुभव हुँदैन भने पिसाब चुहिने पनि हुँदैन ।

अर्को उपाय भनेको ब्लाडर तालिम हो । यसमा पिसाब फेर्न जाँदा हरेकपटक गनेर जानुपर्छ । कतिबेरसम्म पिसाब रोक्न सकिन्छ, रोक्दै जानुपर्छ । यसले पिसाब चाँडै चुहिनबाट रोक्न मद्दत पुर्याउँछ । पिसाब रोक्ने क्षमता बढाइदिने औषधिको प्रयोग पनि गर्नुपर्छ ।

केही महिलामा पिसाबथैलीभित्र भएको समस्याका कारण पनि हुँदा पिसाब चुहिने समस्या भइरहेको हुन सक्छ । त्यसैगरी, कुनै वेला महिलाले खोक्दा, जुरुक्क उठ्दा, पेटमा भार पर्दा पिसाब आफैँ चुहिने पनि हुन्छ । यस्तो खालको समस्या प्रमुखतया नसासम्बन्धी कारणले हुने गर्छ । यसको उपचारका लागि पाठेघर र पिसाबथैली जाँचेर हेर्नुपर्छ । धरैजसोमा पिसाबथैलीलाई आफ्नो ठाउँमा राख्ने सेतो खालको बलियो मासु हुने गर्छ, जसको कमजोरीले गर्दा यस्तो समस्या हुने गर्छ । कमजोरी उमेरका कारणले पनि हुन सक्छ । धेरैपटक सुत्केरी हुँदा पनि पिसाबथैलीलाई अठ्याउने मासु कमजोर बन्न जान्छ । थोरै–थोरै समयको अन्तरालमा बच्चा जन्मिनाले, सुत्केरी भएको समयमा गाह्रो काम गर्नाले आङखस्ने रोगको साथै पिसाब चुहिने समस्या हुन जान्छ ।

पिसाब चुहिने समस्या यति नै उमेरसमूहका महिलामा हुन्छ भन्ने हुँदैन, कारण के हो त्यसमा भरपर्छ । यो समस्या उमेर धेरै भएका, महिनावारी रोकिसकेका महिलामा पनि हुन्छ । उमेर बढेसँगै अण्डाले काम गर्न छोड्ने, हर्मोनमा कमी आउने हुन्छ । यसले योनिको छाला सुकेको हुन्छ भने रक्तसञ्चारमा पनि कमी आउँदा पिसाब चुहिने समस्या देखापर्छ ।

भर्खरै पिसाब चुहिन थालको छ भने पिसाबथैलीलाई अड्याउने मासुलाई बलियो बनाउनका लागि व्यायाम गनुपर्छ । विशेषज्ञबाट व्यायाम सिकेर आफैँ गर्न सकिन्छ । ३ महिनासम्म यो अभ्यास गरेर सुधार भयो कि भएन भनेर हर्न सकिन्छ । सुधार नआएको खण्डमा उपचारको अन्य विधि अपनाउनुपर्ने हुन्छ । धेरै पिसाब चुहिने समस्या छ भने अप्रेसनमै जानुपर्ने हुन सक्छ । यौनिको माध्यमबाट अप्रेसन गरेर पिसाबथैलीको मुख रहेको नलीलाई टेपद्वारा सपोर्ट भएको ठाउँमा राख्नुपर्छ । त्यसैगरी, दूरवीनको सहायताले पेटमा चिरफार विधिबाट पनि अप्रेसन गर्न सकिन्छ ।

पिसाब चुहिने समस्या यति नै उमेरसमूहका महिलामा हुन्छ भन्ने हुँदैन, कारण के हो त्यसमा भरपर्छ । यो समस्या उमेर धेरै भएका, महिनावारी रोकिसकेका महिलामा पनि हुन्छ । उमेर बढेसँगै अण्डाले काम गर्न छोड्ने, हर्मोनमा कमी आउने हुन्छ । यसले योनिको छाला सुकेको हुन्छ भने रक्तसञ्चारमा पनि कमी आउँदा पिसाब चुहिने समस्या देखापर्छ । खोक्दा पिसाब चुहिने समस्या छ भने अप्रेसनको पाटोबाट उपचार गर्दा राम्रो हुन्छ भने पिसाब थोरै–थोरै लागिरहने समस्या छ भने औषधि लिएर नै ठिक हुन्छ ।

युवाअवस्थाका महिलालाई हर्मोनको कमीले हुने समस्या कमै मात्र हुन्छन् । युवाअवस्थाको हकमा छिटो सुत्केरी भएका, बच्चाको जन्मान्तर कम भएका धूमपान गर्ने महिलामा पिसाब चुहिने समस्या देखापर्छ ।

(हेल्थपपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय