मर्निङवाकमा निस्केका ७२ वर्षीय डाक्टरलाई वानेश्वरमा दियो गाडीले ठक्कर, घटनास्थलमै मृत्यु

हेल्थपोस्ट
प्रकाशित
२०७६ मंसिर ८ गते १२:३४

काठमाडौँंको नयाँ बानेश्वरमा गाडीको ठक्करबाट आइतबार इर्शान हस्पिटलमा कार्यरत एक चिकित्सकले मृत्यु भएको छ । मृत्यु हुनेमा एनेस्थेसियाका चिकित्सक ७२ वर्षीय प्रभु जोशी रहेको वानेश्वर प्रहरी वृत तीनकुनेले जनाएको छ । उनी मर्निङ वाकबाट निस्किएका बेला गाडीले विहान ६ बजेतिर संसद भवनको दक्षिण गेटमा ठक्कर दिएको थियो ।

तीनकुने प्रहरीका अनुसार सवारीको ठक्करबाट जोशीको टाउको क्षतविक्षत भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । डा. जोशीलाई ठक्कर दिने गाडी पत्ता लागेको छैन । बानेश्वर प्रहरी वृतका डिएपसी दुर्गा रेग्मीले भने,‘ ठक्कर दिने सवारी भागिसकेकाले कुन सवारीले ठक्कर दियो भने खुल्न सकेको छैन ।’
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि डा. जोशीले कान्ति बाल अस्पताल र शिक्षण अस्पतालमा पनि काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय