नयाँबानेश्वरमा सडक दुर्घटना परी ७२ वर्षीय डा. प्रभु जोशीको निधन

हेल्थपोस्ट नेपाल

काठमाडौँंको नयाँ बानेश्वरमा गाडीको ठक्करबाट आइतबार इर्शान हस्पिटलमा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ । मृत्यु हुनेमा एनेस्थेसियाका चिकित्सक ७२ वर्षीय प्रभु जोशी रहेको वानेश्वर प्रहरी वृत तीनकुनेले जनाएको छ । उनी मर्निङ वाकबाट निस्किएका बेला गाडीले विहान ६ बजेतिर संसद भवनको दक्षिण गेटमा ठक्कर दिएको थियो ।
तीनकुने प्रहरीका अनुसार सवारीको ठक्करबाट जोशीको टाउको क्षतविक्षत भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । डा. जोशीलाई ठक्कर दिने गाडी पत्ता लागेको छैन । बानेश्वर प्रहरी वृतका डिएपसी दुर्गा रेग्मीले भने,‘ ठक्कर दिने सवारी भागिसकेकाले कुन सवारीले ठक्कर दियो भने खुल्न सकेको छैन ।’
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि डा. जोशीले कान्ति बाल अस्पताल र शिक्षण अस्पतालमा पनि काम गरेका थिए ।



Leave a Reply

Your email address will not be published.