त्रिवि आयुर्वेद क्याम्पसमा तालाबन्दी, शिक्षण सहायकको पदपूर्ति विज्ञापन खारेजीको माग

हेल्थपोस्ट
प्रकाशित
२०७६ मंसिर ४ गते ११:१८

त्रिवि आयुर्वेद क्याम्पस स्वतन्त्र विद्याथी युनियनले विभिन्न ७ सूत्रीय मागहरु राखेर क्याम्पस प्रशासनमा तालबन्दी गरेको छ । क्याम्पसका लागि द्रव्यगुण, शल्यतन्त्रजस्ता विषयमा शिक्षण सहायक छनोट गर्दा प्रतिस्पर्धा नहुनेगरी अनुकुलका मान्छे ल्याउन खोजेको भन्दै सो विज्ञापन खारेजीको माग गर्दै विद्यार्थीहरुले तालाबन्दी सुरु गरेका हुन् ।

युनियनले मगंलबार विज्ञप्ती निकालेर ५ दिनको अल्टिमेटम दिएको छ । शिक्षकहरुको छनोट प्रतिस्पर्धा तथा पारदर्शीता हुनुपर्ने, क्याम्पसमा रिक्त सम्पुर्ण विभागहरु यथाशीध्र एकमुष्ठ रुपमा पुर्ण गरिनुपर्ने, अस्थायी छात्रावासमा सिट संख्या वृृद्धि गरिनुपर्ने, स्तातकोत्तर अध्ययन अध्यापन सुरुवातको लागि तत्काल पहल गर्नुपर्ने जस्ता माग अगाडी सारेका छन् ।

विद्यार्थीहरुले ५ दिनको अवधिमा क्याम्पस प्रशासनबाट कुनै पनि सकारात्मक पहल नभएको अवस्थामा आन्नदोलनका थप कार्यक्रम अगाडी बढाउने चेतावनी दिएका छन् । आन्दोलनका कारण सम्पुर्ण विद्यार्थी, शिक्षक, कर्मचारी, सेवाग्राही प्रति पर्न जाने नकारात्मक असर प्रति क्याम्पस प्रशासनले नै जिम्मा लिनुपर्न विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय