नेपाललाई औषधि बेच्ने २ भारतीय कम्पनी जिएमपीमा फेल, विभागले औषधि दर्ता नगर्ने

नेपाललाई औषधि निर्यात गर्ने विदेशी कम्पनीमध्ये दुई भारतीय कम्पनी न्यून गुणस्तरका पाइएका छन् ।  नेपाली बजारमा औषधि निर्यात गर्दै आएका यी दुई भारतीय कम्पनी गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएमपी) मापदण्डमा फेल भएका हुन् । औषधि व्यवस्था विभागले गरेको निरीक्षणका क्रममा यी कम्पनीको जिएमपी फेल भएको पाइएको हो ।

विभागले गत असारमा भारत, भियतनाम, युक्रेन, जोर्डन, फिलिपिन्स, बंगलादेशलगायत देशमा सञ्चालनरत २३ वटा औषधि उद्योगको निरीक्षण गरेको थियो । यसमध्ये भारतको नागपुरमा रहेको युनिजुलेस लाइफ साइन्सेज लिमिटेड र विहारको पटनामा रहेको श्री वैद्यनाथ आयुर्वेद भवन प्रालिको जिएमपी मापदण्ड फेल भएको पाइएको हो । मापदण्ड पूरा नभएको पाइएपछि यी दुवै कम्पनीले उत्पादन गर्ने औषधि विभागले दर्ता नगर्ने जनाएको छ । अनुगमनका क्रममा जिएमपी मापदण्ड पूरा नभएको पाएका कारण यी भारतीय उद्योगले उत्पादन गरेका औषधि विभागले दार्ता नगर्ने भएको विभागका निमित्तमहानिर्देशक पानबहादुर क्षेत्री बताउँछन् ।

विभागले समय–समयमा नेपालमा औषधि निर्यात गर्ने विदेशी कम्पनीमा जिएमपी मापदण्डको स्थलगत अनुगमन गर्दै आएको छ । नेपालले विभिन्न देशका गरी ३ सय ५० भन्दा बढी उद्योगबाट औषधि खरिद गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय