आत्मा, पशुपतिनाथ र १००० अंक

जन्मेसँगै नछुट्टिने नातो लगाएको मृत्यु आज घुमिरहेको छ, ६०८ नम्बर क्याबिनवरपर । यमपास लिएर यमदूतहरू कुरिरहेजस्तो लाग्छ । द्वन्द्व चलिरहेको छ, डाक्टर र यमदूतहरूबीच । दुवै जित्नका लागि संघर्षरत देखिन्छन् । दया नभएका यमदूतले कुनै कसर छोड्ने संकेत देखिँदैन । केही दिनदेखि एकपछि अर्को समस्या उत्पन्न भइरहेका छन् खड्गको शरीरमा । नाम मात्र खड्ग, व्यवहार भने शान्त, क्रोधविहीन । यसै पनि खड्ग आफैँमा अशान्त वा क्रुद्ध हुँदैन, धारण गर्ने व्यक्तिको कुरा हो । अंग्रेजीमा भन्नुपर्दा ‘क्युट’, तर शरीरमा रोग भने खड्गस्वरूप, भैरवस्वरूप, उछित्तो खन्ने– रक्तक्यान्सर ।

रक्तकोषिकाहरू विकृत भएको अवस्था । सबै रक्तकोषिका आफ्नो बोनम्यारोको संस्कार भुलेर स्वच्छन्द भएको अवस्था । धेरै स्वच्छन्द अर्थात् बेलगाम किन भएका होलान् तिनीहरू ? रक्तकोषिकाले आफ्नो संंस्कार भुलेर निकै दुःख दिन्छन् शरीरलाई । उमेर छँदै कति छिटो जवानी चढेको होला ! मात्र ४४ वर्षको उमेरमा अराजक ती बदमास, निर्लज्ज रक्तकोषिका विकृत भएका छन् ।

तीन दाजुभाइमध्ये सेतो रक्तकोषिकाले बदलामा आन्दोलन गर्यो, नबढ्ने । बाहिरबाट जति चढाए पनि संख्या ज्युँकात्युँ, मात्रै १,००० । त्यसमाथि रगत दिन आउने साथी भनेका सबैजना असंवेदनशील, आउँदाआउँदै बाटैमा सोमरसमा लीन । मर्त्यलोकमा आफूलाई नपर्दासम्म सबैजना अजर–अमर र आदर्शवादी, आफैँलाई परेपछि सबै एकै रातमा आत्मज्ञानी ।

नजिकै सन्ध्या आरतीको चाँजोपाँजो मिलाएको ऊर्जावान् दृश्य देख्न सकिन्छ । मानिसको जमघट देखिन्छ । घुम्न आउनेहरू छन्, भेट्न आउने पनि छन् । पूजा गर्न आउने पनि उत्तिकै छन् । संस्कृतलाई पुरातन भनेर हटाउने अग्रगामीहरू पनि संस्कृत श्लोक सुनेर आनन्दित देखिन्छन् । अर्थ नबुझे पनि वातावरण प्रिय छ । शिव भगवान्को स्तुति बेजोड छ । सृष्टिकर्ताभन्दा संंहारकर्ताको बढी यश छ, धर्मग्रन्थमा र आर्यघाटमा पनि ।

आत्मा दुविधामा छ– शरीर छोडेर जाऊँ कि अझै शरीरमै संघर्ष गरौँ । शरीर शिथिल हुँदै गएको छ, तागत कत्ति पनि छैन । संक्रमण शरीरभरि फैलिएको छ । तिघ्रा संक्रमणले साह्रो सुन्निएको छ, नसा पनि कतै देखिन्नन् । कताबाट रगत कतिखेर बग्ने हो, कुनै ठेगान छैन । मस्तिष्कमा रगत बग्ने प्रबल सम्भावना छँदै छ । नगण्य संख्याका रक्तकोषिकाले रक्तस्राव रोक्न धौ–धौ छ । लाग्दै छ, यमदूत खालीहात फर्किंदैनन् । त्यसैले त आत्मालाई १००० अंक फिटिक्कै मन पर्दैन । त्यसमाथि सेतो रगतको (प्लेटलेट्स) को चरम अभाव भएको समय छ । १००० अंक १,००,००० भएको भए रमाउन हुन्थ्यो होला । यद्यपि, हार खाने कुनै कुरा छैन, रगत चढाएर भए पनि जटिलता सामना गर्ने अठोट भने छ । जीवन ज्युँदाज्युँदै मृत्युको आभासले कटु सत्यको नजिक पुर्याउने रहेछ । त्यो अनुभूति केवल औँलामा दिनगिन्ती गर्नुपर्ने भाग्यले ठगिएकाहरूलाई मात्रै हुन्छ । आशा मरेको पनि होइन, हरेस खाएको पनि होइन, बाँच्ने इच्छा नभएको पनि होइन, तर पनि जीवनको अन्त्यतिरको उजाड मरुभूमितिर डोरिँदा खड्गको मन आत्तिएको भने छ ।

अन्ततः सबैको हार भयो, संलग्न सम्पूर्ण हितैषीको मन कुँडियो । सबै प्रयास विफल भए । यमपासमा बाँधेर आत्मालाई डोर्याउँदै लगेको हुनुपर्छ यमदूतहरूले । त्यो निर्दोष शरीरको वास छोड्न पटक्कै मन थिएन आत्मालाई, त्यो शरीरप्रति मोह जागेको थियो । किनकि, आत्मा सधैँ शुद्ध रहेको थियो त्यो चोलामा । तर, यतिखेर त्यो आत्मा मूकदर्शक भएर हेरिरहेको छ, आग्निको ज्वालाभित्र समाप्त हुँदै गरेको शरीर । केही क्षण अगाडिसम्म आफ्नो वासस्थान थियो त्यो । छोटो समयमा शरीर फेरिरहन आत्मालाई मन थिएन । एकपटक घटनाक्रम केलाएर विश्लेषण गर्न खोज्छ । आर्यघाटमा वाग्मती किनारमा आफ्नो वास रहेको शरीर अग्निको रापसँँगै खरानी भइरहेको छ । त्योसँगै उडेको धुवाँ वातावरणमा मडारिरहेको छ । देखाउन खोज्दै छ, मनुष्य चोलाको क्षणभंगुरता । धुवाँ र खरानीसँगै सम्पूर्ण अहम्को अन्त्य ।

नजिकै अन्य अतृप्त आत्माहरू घुमिरहेका हुन्छन् । सबैका पूरा हुन नसकेका केही इच्छा, यस्तो प्रतीत हुन्छ कि मनुष्य शरीर र मन केवल इच्छाहरूको रास मात्रै हो । कोही बालक शरीर त्यागेर, कोही बुढो शरीर त्यागेर त कोही युवा शरीर त्यागेर घुमिरहेका छन् । कोही अकालमा त कोही समय नाघेर, आत्माहरूको ट्राफिकजाम देखिन्छ । मर्त्यलोकमा आधा जिन्दगी ट्राफिकजाममै बित्यो, आकाशमा पनि उस्तै रहेछ ।

नजिकै सन्ध्या आरतीको चाँजोपाँजो मिलाएको ऊर्जावान् दृश्य देख्न सकिन्छ । मानिसको जमघट देखिन्छ । घुम्न आउनेहरू छन्, भेट्न आउने पनि छन् । पूजा गर्न आउने पनि उत्तिकै छन् । संस्कृतलाई पुरातन भनेर हटाउने अग्रगामीहरू पनि संस्कृत श्लोक सुनेर आनन्दित देखिन्छन् । अर्थ नबुझे पनि वातावरण प्रिय छ । शिव भगवान्को स्तुति बेजोड छ । सृष्टिकर्ताभन्दा संंहारकर्ताको बढी यश छ, धर्मग्रन्थमा र आर्यघाटमा पनि ।

मृत्युसँँग भयको आकार पुष्टि हुन्छ । आत्मा अस्पतालको क्याबिनमा बिताएको समय सम्झिन्छ । ती अनगिन्ती तिखा सुईका घोचाइ, एक्लै चार भित्ताभित्र कुँजिएको अवस्था, शरीरले बोकेको असाध्य रोग– रक्तक्यान्सर । रक्तकोषिकाबीच ताण्डव नृत्य चलिरहेको थियो । एक किसिमले त शरीरले पीडाबाट मुक्ति पाएकोमा हर्षित हुने हो कि भनेर आत्मा विचार गर्छ ।

आत्मा धेरै समय पशुपतिनाथमा विचरण गर्न नसक्ने हुन्छ । जति माया लागे पनि अग्निले शरीर खरानी बनाइसक्यो । नजिकै अन्य अतृप्त आत्माहरू घुमिरहेका हुन्छन् । सबैका पूरा हुन नसकेका केही इच्छा, यस्तो प्रतीत हुन्छ कि मनुष्य शरीर र मन केवल इच्छाहरूको रास मात्रै हो । कोही बालक शरीर त्यागेर, कोही बुढो शरीर त्यागेर त कोही युवा शरीर त्यागेर घुमिरहेका छन् । कोही अकालमा त कोही समय नाघेर, आत्माहरूको ट्राफिकजाम देखिन्छ । मर्त्यलोकमा आधा जिन्दगी ट्राफिकजाममै बित्यो, आकाशमा पनि उस्तै रहेछ । स्वर्गलोकतिर हानिँदै गर्दा खड्गको आत्माले एकपटक पुलुक्क फर्किएर हेर्छ र रिसले भन्छ, ‘त्यो १००० अंक मलाई साह्रै अप्रिय छ । मर्त्यलोकमा बनाइएको मान्छे बहकाउने सोमरस पनि अप्रिय छ । रक्तदान नगर्ने ती मनुष्य अप्रिय छन् । धनको बैंकभन्दा ब्लड बैंक अझै अप्रिय छ । र, अप्रिय छन् रगत दिनभन्दा सम्पर्कमै नआउन खोज्ने ती हितैषी । आफूलाई नपर्दासम्म गफ हान्ने आदर्शवादी वचनप्रति घृणा छ… ।’

उही
दुःखी आत्माको आत्मवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय