बालमृत्युको पहिलो कारण निमोनिया, ५ वर्षमुनिका २ लाखमा प्रतिवर्ष संक्रमण, मृत्युमा एकचौथाइ हिस्सा

पुष्पराज चौलागाईं
प्रकाशित
२०७६ कार्तिक २७ गते १८:३४

मकवानपुरकी १४ वर्षीया निरुता विकलाई करिब एक वर्षअघि ज्वरोले समात्यो । उनले यसलाई बेवास्ता गरिन् । ज्वरोकै बीच विद्यालय जाने तथा सकी–नसकी घरको काम गरिरहिन् । ज्वारोले निकै गालेपछि उनको श्वासप्रश्वासमा समस्या देखापर्यो । घर–परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण पहिले उनले सामान्य औषधि सेवन गरेकी थिइन् । अन्तिम अवस्था भएपछि परिवारले ऋण गरेर उनलाई भरतपुर अस्पताल पुर्यायो । तर, अस्पतालले निमोनिया अन्तिम अवस्थामा पुुगेकाले मृत्युको विकल्प नभएको भन्दै निरुतालाई भर्ना गर्न मानेन ।

बुबा–आमाले छोरीको मृत्यु सहजै स्वीकार गर्न सकेनन् । उनीहरूले निरुतालाई हेटौँडा अस्पतालको आइसियू हुँदै भोलिपल्ट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएर भर्ना गराए । त्यहाँ उनले पुनर्जीवन त पाइन्, तर बिहान–बेलुकीको छाक टार्नकै लागि सधैँ चिन्तित रहने विक परिवारले ५ लाखभन्दा बढी उपचार खर्च बेहोर्नुपर्यो । आँखाभरि आँसु लिएर निरुता भन्छिन्, ‘मेरो परिवारको जस्तो दुर्दशा अरु कसैले भोग्न नपरोस् ।’ निरुताजस्तै ज्वरोलाई सामान्य रूपमा लिएर मृत्युको मुखमा पुग्ने बालबालिका हजारौँ छन् ।

निमोनिया ५ वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारण हो । स्वास्थ्यसेवा विभागको तथ्यांकअनुसार ५ वर्षमुनिका करिब ३० लाख नेपाली बालबालिकामध्ये १७ लाखमा श्वासप्रश्वाससम्बन्धी समस्या छ । उपचारका लागि स्वास्थ्यसंस्थामा आइपुगेका बालबालिकाको वार्षिक तथ्यांक केलाउँदा ५ वर्षमुनिका २ लाखभन्दा बढी बालबालिका निमोनियाबाट ग्रस्त हुने गरेका छन् ।

स्वास्थ्यसंस्थाबाट आएकोे तथ्यांकअनुसार वार्षिक १ हजार २ सय ५ वर्षमुनिका बालबालिकाको मृत्यु हुने गरेको स्वास्थ्य विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलकराज शर्मा गाैतम बताउँछन् । ‘बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया हुने गरेको छ,’ डा. गाैतम भन्छन्, ‘नेपालमा वार्षिक २ लाखभन्दा बढी बालबालिका निमोनियाबाट ग्रस्त बन्दै आएका छन्, जसमध्ये ३ सयभन्दा बढीको निमोनियाकै कारण मृत्यु हुने गरेको छ ।’

वार्षिक ५ वर्षमुनिका १२०० बालबालिकाको मृत्यु, निमोनियाले लिन्छ ३०० को ज्यान
स्वास्थ्यसंस्थाबाट आएकोे तथ्यांकअनुसार वार्षिक १ हजार २ सय ५ वर्षमुनिका बालबालिकाको मृत्यु हुने गरेको स्वास्थ्य विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलकराज शर्मा गाैतम बताउँछन् । ‘बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया हुने गरेको छ,’ डा. गाैतम भन्छन्, ‘नेपालमा वार्षिक २ लाखभन्दा बढी बालबालिका निमोनियाबाट ग्रस्त बन्दै आएका छन्, जसमध्ये ३ सयभन्दा बढीको निमोनियाकै कारण मृत्यु हुने गरेको छ ।’

डा. शर्माले दिएको यो तथ्यांक केवल सरकारी स्वास्थ्यसंस्थामा उपचारका लागि आएका बालबालिकाको मात्र हो । निजीस्तरमा सञ्चालित स्वास्थ्यसंस्थाको तथ्यांकसमेत समावेश गर्दा यो संख्या दोब्बरभन्दा बढी हुने आकलन गरिएको छ ।

वार्षिक ४ अर्ब खर्च, अझै २१% बालबालिका खोपबाट वञ्चित
बाल स्वास्थ्यअन्तर्गतका पोषण, खोप तथा एकीकृत जवजात शिशु तथा बालरोग व्यवस्थापन कार्यक्रमका लागि वार्षिक ४ अर्बभन्दा बढी खर्च हुँदै आएको छ । यद्यपि, अझै पनि २१ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन् ।

हालसम्म गण्डकी प्रदेश मात्र पूर्ण खोप घोषित भएको छ । देशका ७० प्रतिशत पालिकालाई पूर्ण खोप घोषणा गरिएको छ भने ५७ वटा जिल्ला पूर्ण खोप घोषित भएका छन् । एकैपटक पूरै देशलाई पूर्ण खोप घोषणा गर्न नसकिने डा. गौतम बताउँछन् । यसका लागि र यसलाई प्रत्येक वर्ष लक्ष्य बढाउँदै लैजानुपर्ने उनको भनाइ छ ।

निमोनिया फोक्सोमा हुने शीघ्र संक्रमण हो, जसका कारण फोक्सोमा सुजन हुने (सुन्निने) गर्छ । यसका कारण बच्चाले छिटो–छिटो श्वास फेर्ने र छटपटाउने गर्छ । फोक्सोले शरीरलाई आवश्यक अक्सिजन (प्राणवायु) शरीरभित्र लैजान्छ र शरीरमा उत्पन्न विकारयुक्त ग्यासलाई बाहिर निष्कासन गर्छ । जब फोक्सोमा सुजन हुन्छ, तब यो प्रक्रिया नराम्ररी प्रभावित हुन्छ, फलस्वरूप बिरामीको मृत्यसमेत हुने गर्छ ।

के हो निमोनिया ?

बालबालिकालाई निमोनियाबाट कसरी बचाउने ?
‘पूरा मात्रामा खोप लगाएमा निमोनियाबाट बच्न सकिन्छ । खोप प्रभावकारी छ र यो निमोनिया रोकथाम गर्ने अभिन्न रणनीति पनि हो,’ शाखाप्रमुख डा. गौतम भन्छन्, ‘नेपालमा हेमोफिलस इन्फ्लुएन्जा–बी, दादुरा र लहरेखोकी (हुपिङ कफ) को खोप नियमित खोप कार्यक्रममा समावेश गरिएको छ, जुन निमोनिया रोकथामका लागि प्रभावकारी छन् ।’

पर्याप्त पोसिलो खानाले बालबालिकाको शरीरको रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ । जन्मेको १ घण्टाभित्रै नवजात शिशुलाई स्तनपान गराई ६ महिनासम्म पूर्ण स्तनपान गराउँदा शिशुको पोषण राम्रो हुने र निमोनिया रोकथाममा समेत मद्दत पुग्ने डा. गौतम बताउँछन् ।

६ महिनापछि बच्चालाई आमाको दूधका साथै पोसिलो खाना पटक–पटक खुवाउने गरेमा निमोनियाबाट बच्न सकिन्छ । त्यसैगरी, वातावरणीय सुरक्षा, खासगरी घरभित्र हुने धुवाँ, बाहिरी धुलोबाट बच्ने र सरसफाइमा ध्यान दिने गरेमा निमोनियाबाट जोगिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय