डा.केसीको समर्थन चितवनमा विद्यार्थीको प्रदर्शन, स्वास्थ्य जोखिमपूर्ण

चिकित्साशिक्षा विद्यार्थीले चितवनमा शनिबार साँझ गरेको मैनवत्ती बाल्ने कार्यक्रम

६ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको समर्थनमा देशभर प्र्रदर्शनको लहर चलेको छ । पछिल्लोपटक चितवनका चिकित्सा विद्यार्थीले शनिबार साँझ मैनवती बालेर प्रदर्शन गरेका छन् । चितवन, भैरहवा, धरानलगायतका ठाउँमा विद्यार्थीहरुले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

अनशनरत स्थान डढेल्धुरामा अनशन सुरु गरेकै दिनदेखि नागरिक प्रदर्शन जारी छ । शनिबार माइतीघरमा पनि डा. गोविन्द केसी सोलिडाइरिटी अलायन्सको आह्वानमा प्रदर्शन भएको थियो ।
देशभर समर्थन बढिरहेपनि डा. केसीको स्वास्थ्य भने जोखिमपूर्ण बनेको छ । चिकित्सकहरुले स्वास्थ्य प्रतिकूल भएका कारण तत्काल आइसियू चाहिने अवस्था देखिएको भन्दै तत्काल रेफर गर्नपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय