माइतीघरको नारा: ‘अर्ब ठग्ने अन्सारी, संरक्षण सरकारी’

छ दिनदेखि डढेल्धुरामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन भएको छ । सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सको आह्वानमा माइतीघरमा भएको पैदर्शनमा चिकित्सक, विद्यार्थी, नागरिक अगुवा र सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

उनीहरुले नीजि कलेजका सञ्चालकलाई संरक्षण गर्ने सरकारले जनमुखी र विद्यार्थीमुखी काम गर्न चुकेको आरोप लगाए । उनीहरुले अर्व ठग्ने अन्सारी, संरक्षण सरकारी, मेडिकल माफिया मुर्दावाद, डा. केसीको अनशन माफियालाई टेन्सनलगायतका नारा लगाएका थिए ।

चिकित्साशिक्षा सुधारका विभिन्न माग राखेर कार्तिक १८ गतेदेखि डा. केसीले डढेल्धुराको एक निजी घरबाट १७औँ अनशन सुरु गरेका थिए । डा. केसीको स्वास्थ्य जटिल बनेपछि शुक्रबारै उनलाई डढेल्धुराको सरकारी अस्पतालमा सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय