चिसोसँगै डेंगु सुस्ताए पनि गलेन स्क्रब टाइफस, साउनयता ६३ जिल्लाका १२७१ मा संक्रमण

चिसो बढेसँगै डेंगुको संक्रमण उल्लेख्य मात्रामा घटे पनि स्क्रब टाइफसले भने अझै चुनौती दिइरहेको छ । यस वर्ष महामारीकै रुप धारण गरेको डेंगु तपक्रममा आएको गिरावटसँगै सुस्ताएको छ । तर, स्क्रब टाइफसको फैलावट भने अझै जारी छ । यद्यपि, डेंगु पनि अझै उल्लेख्य मात्रामा रहेकाले सावधानीमा कमी नगर्न विशेषज्ञ चिकित्सकले सुझाब दिँदै आएका छन् ।

खासगरी, ०७२ को महाभूकम्पपछि अत्यधिक मात्रामा देखिएको स्क्रब टाइफसको चपेटामा हालसम्म मुलुकका अधिकांश जिल्ला आइसकेका छन् भने सबै जिल्ला संक्रमणको जोखिममा छन् । स्क्रब टाइफसका कारण ३ वर्षयता १६ जनाले मृत्युवरण गरिसकेका छन् ।

स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (साउनदेखि हालसम्म) मा स्क्रब टाइफसबाट १ हजार २ सय ७१ जना संक्रमित भइसकेका छन् । पश्चिम नेपालको पाल्पाबाट सुरु भएको स्क्रब टाइफसको संक्रमणले बिस्तारै देशैभर प्रभावित बनाएको हो । गत वर्ष पनि स्क्रब टाइफस पाल्पाबाट सुरु भएको थियो ।

महाशाखाको तथ्यांकअनुसार हालसम्म ६३ जिल्लामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । सन् २०१६ मा यसले ४८ जिल्लालाई प्रभावित बनाएको थियो । स्क्रब टाइफसको संक्रमण मुलुकका सबै जिल्लामा फैलिने सम्भावना विज्ञहरूले औँल्याउँदै आएका छन् ।

पछिल्ला ३ वर्षमा संक्रमण र मृत्युको अवस्था
सन् २०१७ मा कुल ६ सय ७० जनामा स्क्रब टाइफसको संक्रमण भएकोमा ९ जनाको मृत्यु भएको थियो । त्यसैगरी, २०१८ मा संक्रमितको संख्या बढेर १ हजार ९८ पुगेको थियो, जसमा ४ जनाको ज्यान गुमाएका थिए । पछिल्लो ३ महिनाको अवधिमा १ हजार २ सय मानिस संक्रमित भइसकेका छन् । यस अवधिमा मृत्युको भने यकिन विवरण आउन बाँकी रहेको महाशाखाको भनाइ छ ।

स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले संक्रमित सूक्ष्म कीरा (माइट)को टोकाइका कारण फैलिने रोग हो । यो कीरा मुख्यतया खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा प्रजातिमा पाइन्छ । यो रोग उत्पन्न गर्ने ब्याक्टेरिया संक्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्छ ।

प्रदेश ५ मा सबैभन्दा बढी संक्रमित, कहाँ कति ?
चालू आर्थिक वर्षको साढे ३ महिनाको तथ्यांकअनुसार स्क्रब टाइफसको सबैभन्दा बढी संक्रमण प्रदेश ५ मा देखिएको छ । प्रदेश ५ मा हालसम्म ४ सय ६७ संक्रमित भएका छन् । त्यस्तै, सबैभन्दा कम कर्णली प्रदेशमा १६ जनामा संक्रमण पाइएको छ ।
त्यसैगरी, प्रदेश ३ मा ३ सय ७८, सुदूरपश्चिममा २ सय ५५, गण्डकीमा ७६, प्रदेश १ मा ५७ र प्रदेश २ मा २२ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले जनाएको छ ।

के हो स्क्रब टाइफस ?
स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले संक्रमित सूक्ष्म कीरा (माइट)को टोकाइका कारण फैलिने रोग हो । यो कीरा मुख्यतया खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा प्रजातिमा पाइन्छ । यो रोग उत्पन्न गर्ने ब्याक्टेरिया संक्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्छ ।

नेपालमा भुइँचालो आएपछि बढी मात्रामा मुसा देखिन थालेको र त्यसको टोकोइका कारण मानिसहरू संक्रमित बन्दै गइरहेको इपिडिमियोलजीका निर्देशक डा. विवेककुमार लाल बताउँछन् । ‘सुरुमै उपचार गरेको खण्डमा सामान्य एन्टिबायोटिकले ठिक हुने तर उपचार ढिलाइ भएको अवस्थामा जटिल बन्ने गर्दछ,’ डा. लाल भन्छन्, ‘यसको परीक्षणका लागि वार्षिक रूपमा १० हजारको हाराहारीमा किट उपलब्ध छ, पछिल्ला वर्षमामा मृत्युदर घटे पनि संक्रमित हुनेको संख्या बढ्दोक्रममा छ ।’

मुसाको शरीरमा बस्ने माइट नामक परजीवीले ओरेन्टिया सुसुगामी नामक कीटाणु सार्दा स्क्रब टाइफस हुने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् । उनका अनुसार बढीजसो समथर भागहरूमा बस्ने मुसा र घरवरपर बस्ने मुसामा किर्ना हुन्छ । ‘किर्नामा अण्डा, लार्भा, निर्खा, एडल, हुने गर्छन् । किर्नाको लार्भा ६ खुट्टे हुन्छन्,’ डा. बास्तोला भन्छन्, ‘त्यसले मानिसलाई टोक्न पुग्यो भने मानिसमा ब्याक्टेरिया हालिदिन्छ, जसका कारण स्क्रब टाइफसको संक्रमण हुने गर्छ ।’ अन्य कतिपय ब्याक्टेरिया काषिकाभन्दा बाहिर पनि बाँच्न सक्ने भए पनि यो भने कोषिकामा मात्र बाच्ने डा. बास्तोला बताउँछन् ।

यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र सूक्ष्म कीराले टोकेको चिनोबाट पनि गरिन्छ । यसमा रगत परीक्षणसमेत गरिन्छ । यसअन्तर्गत लिभर फंक्सन टेस्ट, सिबिसी काउन्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रुत परीक्षणसमेत गरिन्छ । हाल देशका अधिकांश प्रभावित जिल्लाका अस्पतालहरूमा द्रुत परीक्षण किटका माध्यमले रोग पत्ता लगाउने सेवा उपलब्ध छ ।

लक्षण र जटिलता
संक्रमति व्यक्तिलाई अत्यधिक ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, बेस्सरी टाउको दुख्ने, शरीरबाट पसिना आउने, शरीरका भागहरूमा स–साना बिमिरा देखिने, हल्का आँखा रातो देखापर्ने डा. बास्तोला बताउँछन् । सामान्यतया संक्रामक परजीवीले टोकेको ५ देखि १४ दिनको अवधिमा स्क्रब टाइफसको लक्षण देखिन थाल्छ । कसैकसैमा भने २० दिनपछि पनि लक्षण देखिन सक्ने चिकित्सकको भनाइ छ ।

स्क्रब टाइफस रोगको समयमै निदान तथा उपचार नभएमा मल्टिपल अर्गान फेल्योर (विभिन्न अंगले काम गर्न छोड्नु), निमोनियालगायत विभिन्न जटिलता उत्पन्न भई संक्रमितको मृत्यु हुने डा. बास्तोलाले जानकारी दिए । ‘यो जीवाणु हाम्रो शरीरमा फैलिएपछि फोक्सो, कलेजो, मस्तिष्कमा थुप्रै प्रकारका संक्रमण हुन थाल्छन्,’ उनी भन्छन्, ‘यसले गर्दा संंक्रमित व्यक्ति मल्टिअर्गान डिसअर्डरको अवस्थामा पुग्ने गर्छन् ।

कसरी पत्ता लगाइन्छ ?
यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र सूक्ष्म कीराले टोकेको चिनोबाट पनि गरिन्छ । यसमा रगत परीक्षणसमेत गरिन्छ । यसअन्तर्गत लिभर फंक्सन टेस्ट, सिबिसी काउन्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रुत परीक्षणसमेत गरिन्छ । हाल देशका अधिकांश प्रभावित जिल्लाका अस्पतालहरूमा द्रुत परीक्षण किटका माध्यमले रोग पत्ता लगाउने सेवा उपलब्ध छ ।

कसरी बच्ने ?
सामान्यता मानिसले आफ्नो घरवरपर मुसा आउन नदिने वातावरण तयार गर्नुपर्छ । खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ । खुला चउरमा सुत्नुहुँदैन । संक्रमित मुसाले टोकेको खण्डमा लक्षण देखिनासाथ स्वास्थ्यसंस्थामा गएर उपचार सुरु गरिहाल्नुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय