४ मेडिकल कलेजको सम्बन्धन खारेज गर्न युवा चिकित्सकको माग, काउन्सिलमा तालाबन्दी

युवा चिकित्सक संघले नेपाल सरकारको निर्देशन अवज्ञा गर्ने ४ वटा मेडिकल कलेजको सम्बन्धन तत्कालै खारेज गर्न माग गरेको छ । संघले शुक्रबार युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न चिकित्साशिक्षा आयोगका उपाध्याक्ष डा. श्रीकृष्ण गिरीलाई ज्ञापनपत्र बुझाएको हो ।

सरकारले तोकेभन्दा बढी शुल्क असुलेको र शुल्क फिर्ताको निर्देशन पालना नगरेको प्रति संघले घोर भर्त्सना गर्दै नेपाल सरकार, स्वास्थ्य तथा शिक्षा मन्त्रालय, चिकित्साशिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसनलाई यथ्राशीघ्र समस्या समाधान गर्न अह्वाहनसमेत गरेको छ ।

काउन्सिलमा तालाबन्दी
नेपाल मेडिकल काउन्सिल विद्यार्थीको समस्या समाधानमा मौन रहेको भन्दै संघले काउन्सिलमा शुक्रबार नै तालाबन्दी गरेको छ । समस्या समाधान नभएसम्मका लागि तालाबन्दी गरेको संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ । संघले मेडिकल काउन्सिलका अध्यक्षको नाममा पत्र लेख्दै तालाबन्दी गरेको हो ।

सरकारले सबै मेडिकल कलेजहरुलाई अवैध असुलिएको अतिरिक्त शुल्क फिर्ता गर्न निर्देशन दिए पनि कलेजहरुले अटेरी गर्दै आएका छन् । अवैध शुल्क फिर्ता नगरेको भन्दै उल्लेखित ४ वटै कलेजका विद्यार्थी आन्दोलनमा छन् । चितवन मेडिकल कलेजले भने आंशिक रुपमा अतिरिक्त शुल्क फिर्ता गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय