गर्भवतीले थायराइडको औषधि सेवन गर्न हुन्छ ?

हेल्थपोस्ट
प्रकाशित
२०७६ कार्तिक १५ गते १४:१०

म २६ वर्षकी भएँ । हाल म गर्भवती छु । मेरो थायराइड लेबल माथि छ । यस्तो अवस्थामा मैले औषधि सेवन गर्न हुन्छ कि हुँदैन ?
                                                                                                                                                                   दीपिका थापा

डा. अलक देवकोटा रजौरिया
थायराइड रोग विशेषज्ञ
वीर अस्पताल

गर्भवती अवस्थामा कहिलेकाहीँ थायराइड बढी मात्रामा देखिन्छ, जहाँ औषधि सेवन गर्नुपर्ने अवस्था पनि आउँछ । गर्भ कति महिनाको हो, रिपोर्ट कस्तो छ, यी सबै कुराका आधारमा मात्र औषधि सुरु गर्नुपर्छ । यदि थायराइडको समस्या छ भने नियमित औाषधि सेवन गरेर स्वस्थ बच्चा जन्माउन सकिन्छ, तर कहिलेकाहीँ त्यसले बच्चालाई तलमाथि गराउने सम्भावना पनि हुन्छ ।

तपाईंको समस्यामा पहिले त सम्बन्धित डाक्टरलाई देखाउनु जरुरी छ । यदि कुनै डाक्टरलाई देखाएर प्रेस्क्राइब गराउनुभएको छ र त्यसअनुसार औषधि मिलाउनुभएको छ भने थायराइडको औषधि खाएमा खासै असर पर्ने देखिँदैन । औषधि सुरु गरेको एक महिनामा फेरि जाँच गरी रिपोर्टसहित डाक्टरलाई भेट गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय