Breaking : ग्रान्डीमा प्रधानमन्त्रीको डायलाइसिस, थप पटक गरेपछि मात्रै डिस्चार्ज गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार ग्रान्डी इन्टरनेशनल अस्पतालमा डायलाइसिस गरिएको छ । नियमित परीक्षणका लागि भन्दै बिहानै अस्पताल गएका ओलीको रगतमा क्रियाटिन र पिसाबमा प्रोटिनको मात्रा बढेको देखिएपछि तत्कालै डायलाइसिस सुरु गरिएको थियो ।

अस्पतालको उच्च स्रोतका अनुसार करिब साडे २ बजे डायलाइसिस सकिसकेको थियो । डायलाइसिसपछि ओलीलाई केहीबेर आइसियुमा राखेर घर पठाउँने वा भर्ना गर्ने विषयमा छलफलपछि थप चरणमा डायलाइसिसपछि मात्रै डिस्चार्ज गर्ने निर्णयमा चिकित्सकहरु पुगेका छन् ।

ओलीको अवस्था बिग्रिएपछि अस्पताल लैजादासमेत अन्त्यन्त्रै गोप्य ढंगले अस्पतालको पछाडीको ढोकाबाट भित्र लगिएको थियो । उपचारमा निजी चिकित्सक डा. दिव्यसिंह शाहको नेतृत्वमा टोली खटिएको छ । टोलीका सदस्यालाई पनि उच्च तहको गोपनीयता राख्न कडा निर्देशन दिइएको छ ।

डायलाइसिसपछि ओलीले बालुवाटार नै फर्किने मन गरेपनि चिकित्सकहरुले मानेनन् । मिर्गौलाले काम गर्न छाडेको अवस्थामा डायलाइसिस सुरु गर्दा एकपटकले मात्रै पुग्दैन ।

डायलाइसिसपछि ओलीले बालुवाटार नै फर्किने मन गरेपनि चिकित्सकहरुले मानेनन् । मिर्गौलाले काम गर्न छाडेको अवस्थामा डायलाइसिस सुरु गर्दा एकपटकले मात्रै पुग्दैन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीको अन्य स्वास्थ्य सूचकहरु पनि त्यति राम्रो देखिएका छैनन् । उनमा अहिले संक्रमणकोसमेत आशंका गरिएको छ ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका ओलीले केही महिनाअघि मात्रै सिंगापुरमा प्लाज्मा फेरेसिस गरिएको थियो । डायलाइसिस सुरु गरिएपछि अब नियमित डायलाइसिस वा प्रत्यारोपण मात्रै विकल्प हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय