प्रधानमन्त्री ओली अस्वस्थ, ग्राण्डी अस्पतालमा जाँच हुँदै

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि ग्राण्डी अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल गएको भनिएपनि कस्ता समस्या देखिएको हो भन्ने खुलाइएको छैन् ।

१० बजेतिर अस्पताल पुगेका ओलीको रगतको नमूना र मुटुको परीक्षण भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओली पछिल्लोपटक मिर्गौलामा समस्या झेलिरहेका छन् । केही दिनअघि सिंगापुरमा एन्टिबडी हटाउँने उपचार प्लाज्माफेरेसिस गरेर फर्किएका ओली दुई दिनअघि सिस्नुपानी नेपालले आयोजना गरेको देउसीभैलो कार्यक्रममा सहभागी भएका थिए ।



Leave a Reply

Your email address will not be published.