काठमाडौंबाहिर धनगढीसहित थप तीन ठाउँमा सैनिक अस्पताल बन्ने

जीवन बिष्ट
प्रकाशित
२०७६ कार्तिक १३ गते १०:४९

नेपाली सेनाले काठमाडौंबाहिर थप तीन स्थानमा अस्पताल सञ्चालन गर्ने भएको छ ।यसअघि काठमाडौंबाहिर नेपालगञ्जमा सैनिक अस्पताल सञ्चालनमा ल्याइसकेको सेनाले यो वर्ष सुरुमा धनगढी र लगतै इटहरी र पोखरामा पनि अस्पताल निर्माण सुरुवात गर्ने जनाएको छ ।

यसअघि सेनाले काठमाडौंमा मेडिकल कलेजसहित छाउनीमा अस्पताल र नर्सिङ कलेजसमेत सञ्चालन गरिरहेको छ ।

पहिलो चरणमा धनगढीमा यसै बर्षदेखि सैनिक अस्पताल सञ्चालनमा आउने सेनाले जनाएको छ । २६ बेडको अस्पताल २०७७ फागुन ७ गते सैनिक दिवसको दिनमा उद्घाटन गर्ने तयारी छ ।

धनगढीस्थित नेपाली सेनाको बोराडाँडी ब्यारेकको हातामा सैनिक अस्पताल निर्माण सुरु गरिएको छ ।‘सेनाको कल्याणकारी कोष र नेपाल सरकारको सयुक्त लगानीमा एक बर्ष भित्रै २५ शैयाको अस्पताल सञ्चालन आउँछ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने, ‘भवन निर्माणको काम सुरु भईसकेको छ, २०७७ सालको सेना दिवसको दिन उद्वघाटन गर्ने तयारी छ ।’

अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सा, शल्यक्रिया लगायत सेवा पनि उपलब्ध हुने उनले बताए । अस्पतालले आकस्मिक कक्ष सबैका लागि तथा बहिरङ्ग र अन्य सेवा भने सैनिक र तीनका परिवारका लागि उपलब्ध गराइने जनाएको छ ।सो अस्पताल निर्माणपछि सुदूरपश्चिम प्रदेशका सैनिक र तीनका परिवारको स्वास्थ्योपचारमा सहज पहुँच हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय