आयुर्वेद निर्देशकको तिहारः ‘बिरामीको अवस्थाले चिकित्सालयमै’

हेल्थपोस्ट
प्रकाशित
२०७६ कार्तिक १२ गते १०:४३

प्रादेशिक आयुर्वेदिक चिकित्सालय, बिजौरी दाङका निर्देशक रामकामेश्वर ठाकुरको तिहार तीन बर्षदेखि दाङमै बितेको छ । रौतहट जिल्ला घर भएका ठाकुर ३० बर्षदेखि स्वास्थ्य सेवामा छन् । उनी तीन बर्षदेखि बिजौरी दाङमा कार्यरत छन् ।

चिकित्सालयमा बिरामी भएपछि यो पटकको तिहारमा उनी रौतहट नगई दाङमै बस्ने निधो गरेका छन् । चिकित्सालयमा २९ जना पायल्सका बिरामी रहेकोमा शनिवार ७ जना र आईतबार १५ जना डिस्चार्ज भए । अहिलेपनि ७ जना बिरामी भएपछि चिकित्सालयका आधाजसो कर्मचारीले तिहारको विदा बस्न नमिलेको निर्देशक ठाकुरले बताए । ‘म पनि उहाँहरुको साथमै छु उनले भने, बिरामीको अवस्थालाई हेरेर मैले पनि विदा लिएको छैन् ।’

आम मानिसले आयुर्वेदलाई वैकल्पिक उपचारको रुपमा लिएर चाडपर्वमा खासै चाप नहुने सेवाको रुपमा लिने गरेका छन् । तर चिकित्सालयहरु पनि चार्डपर्वमा पनि उतिकै जिम्मेवारीका साथ चल्छन् । आकस्मिक उपचारका लागि बिरामी आउने कमै भएपनि भर्ना गरेका बिरामीका लागि पनि प्रयाप्त जनशक्ति बस्नैपर्नेछ ।

अहिलेपनि अस्पतालको इन्डोरमा पायल्सका बिरामी छन् उनले भने, ‘केही सिस्टर र केही प्यारामेडिक्सबाट अस्पतालको ड्यूटी म्यानेज गरेका छौं ।’ तिहारका लागि एक सिफ्टमा चार जनाको दरले तीन सिफ्मा काम गरिरहेको र कसैले डबल ड्यूटी समेत गरेको उनले बताए ।

चिकित्सालयमा २४ जना कर्मचारी रहेकोमा १० जना जतिले यस पटकको तिहारमा छुट्टी लिन नमिलेको डा.ठाकुरको भनाई छ । अहिलेपनि अस्पतालको इन्डोरमा पायल्सका बिरामी छन् उनले भने, ‘केही सिस्टर र केही प्यारामेडिक्सबाट अस्पतालको ड्यूटी म्यानेज गरेका छौं ।’ तिहारका लागि एक सिफ्टमा चार जनाको दरले तीन सिफ्मा काम गरिरहेको र कसैले डबल ड्यूटी समेत गरेको उनले बताए ।

भाई टिका लागि बिहानको ड्यूटी मिलाएर नजिक घर हुनेलाई तिहारको टिकाको लागि समय मिलाउने उनले बताए । गत साउन महिनामा बुवाको मृत्यु भएका कारण भने यसपालिको तिहारको टिका आफुले नलगाउने उनले बताए । डा. ठाकुर श्रीमती र एक छोरासँगै चिकित्सालयको आवासमा बस्दै आएका छन् । डा. रामकामेश्वर ठाकुरलाई राष्ट्रपतिवाट प्रबल जनसेवा श्री चतुर्थ श्रेणी पदकवाट विभुषित गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय