विद्यार्थीमाथि आक्रमणमै उत्रिए मेडिकल कलेज सञ्चालक, केले दिएको छ यस्तो हिम्मत ?

चिकित्साशिक्षा सुधारका निम्ति भन्दै संघर्षमा उत्रिएका विद्यार्थीमाथि कलेजका सञ्चालकहरु आक्रमणदेखि बन्धक बनाउँनेसम्मको हर्कतमा उत्रिएका छन् । पछिल्लोपटक आइतबार बीरगञ्जस्थित नेशनल मेडिकल कलेजका सञ्चालक बसुरुद्दिन अन्सारीको प्रत्यक्ष निर्देशनमा कलेजको होस्टलमा झण्डै सय जनाको संख्यामा विद्यार्थीलाई दिनभर थुनेर राखिएको छ ।

सुरुमा चितवन मेडिकल कलेजमा देखिएको तनाव पछिल्ला दिनमा गण्डकी र बीरगञ्जमा समेत सुरु भयो । नेशनलमा विद्यार्थीले सुरु गरेदेखि नै सञ्चालक अन्सारी अस्वाभाविक रुपमा आक्रामक बनेर प्रतिकारमा उत्रिए । प्रदर्शन सुरुकै दिन प्रमुख सञ्चालक अन्सारी आफै उपस्थित भएर विद्यार्थीलाई डर धम्की देखाएर आक्रमण प्रयाससमेत गरेको आरोप विद्यार्थीहरुको छ । सुरुमा विद्यार्थीहरुलाई बाहिरका गुण्डा लगेर आक्रमण प्रयास भएकोमा आइतबार दिनभरको प्रदर्शन बिथोल्न होस्टलमा बन्धक बनाएको आन्दोलरत विद्यार्थीहरुले  बताएका छन् ।

नेशनलले खुलेयाम रुपमा सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिएको, छात्रवृतिका विद्यार्थीसँगसमेत मासिक अतिरिक्त शुल्क लिएको, होस्टेलमा नबसे पनि होस्टेल फी अनिवार्य गरेको छ । विद्यार्थीहरुले राज्यले तोकेको शिक्षण शुल्क लागू गर्न, अतिरिकत शुल्क फिर्ता गर्नुपर्ने, परिक्षा तालिका परिवर्तन गर्नुपर्ने जस्ता माग अगाडि सारेका छन् ।

अन्सारी यसअघिको स्थानीय निर्वाचनमा नेकपाका तर्फबाट बीरगञ्ज उपमहानगरपालिकाको मेयरका प्रत्याशी थिए । विभिन्न निर्वाचनमा समेत टिकट पाइसकेका अन्सारी पछिल्लोपटक ओली उपचारका लागि सिङ्गापुर जाँदा सँगै गएका थिए ।

अन्य कलेजमा विद्यार्थीमाथि प्रहरी प्रशासन लगाएर दबाब /प्रभाव पार्न खोजिएपछि अन्सारी भने आफै मैदानमा उत्रिएका हुन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष दाहालसँग विशेष सम्बन्ध रहेका अन्सारी हाल मेडिकल तथा डेन्टल कलेजका सञ्चालकहरुका संस्थाका अध्यक्ष हुन् । सरकारसँगको विशेषसम्बन्धकै कारण चिकित्साशिक्षा आयोगको उपाध्यक्ष नियुक्तीपछिको पहिलो बैठकमै उपस्थित हुनेगरी अन्सारीलाई सदस्यसमेत बनाइसकिएको छ ।

अन्सारी यसअघिको स्थानीय निर्वाचनमा नेकपाका तर्फबाट बीरगञ्ज उपमहानगरपालिकाको मेयरका प्रत्याशी थिए । विभिन्न निर्वाचनमा समेत टिकट पाइसकेका अन्सारी पछिल्लोपटक ओली उपचारका लागि सिङ्गापुर जाँदा सँगै गएका थिए । सरकारले तोकेभन्दा बढी शुल्क लिने आँट गरेका अन्सारीले केही वर्षअघि कलेजको अनुगमनका लागि गएको नेपाल मेडिकल काउन्सिलको टोलीलाई प्रवेश नै गर्न फर्काइदिएको घटनासमेत मेडिकल बृतमा सञ्चालकको मनपरी र दण्डहीनताको गतिलो उदाहरणको रुपमा दर्ज छ ।

अहिलेपनि मन्त्रालयदेखि चिकित्साशास्त्र अध्ययन संस्थानबाट समेत अस्वाभाविक संरक्षण पाइरहेका सञ्चालक अन्सारी राजनीतिक पकड र पहुँचकै आडमा विद्यार्थी आन्दोलन दमनमा लाग्ने र आक्रमणमै उत्रिने हिम्मत गरेको बुझाई शिक्षा मन्त्रालयका अधिकारीहरुको छ ।

शान्तिपूर्ण आन्दोलनरत विद्यार्थीमाथि एकपछि अर्को ठाउँमा दमन बढ्दै गएपछि आन्दोलनसमेत उग्र बन्दै जाने संकेत देखिएको छ । पछिल्लोपटक चिकित्साशिक्षाका विद्यार्थीको आन्दोलनमा चिकित्सकहरुको विभिन्न संगठन र अन्य दलनिटकका विद्यार्थी संगठनले पनि समर्थन र साथ दिने क्रम बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय