केन्द्रको नीतिअनुरूप प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउनेमा गण्डकी तेस्रो प्रदेश

गण्डकी प्रदेशले प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ । सबै प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्ने केन्द्र सरकारको नीतिअनुरूप गण्डकीले जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको हो । गण्डकीका सामाजिक विकाससचिव डिल्लीराम शर्माले शुक्रबार विशेष समारोहका बीच जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गरेका छन् ।

केन्द्र सरकारको नीतिअनुरूप जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउनेमा गण्डकी तेस्रो प्रदेश बनेको छ । प्रदेश १ र ३ ले यसअघि नै जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइसकेका छन् । सरकारी नीतिको पूर्ण कार्यान्वयनका लागि अझै ४ वटा प्रदेशले प्रयोगशाला सञ्चालनमा ल्याउनुपर्नेछ । प्रदेश २, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले हालसम्म प्रयोगशाला सञ्चालनमा ल्याएका छैनन् । यी प्रदेशले पनि प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिरहेको र चालू आर्थिक वर्षभित्रै ल्यउने बताइएको छ ।

उद्घाटनपछि सचिव शर्माले प्रादेशिक प्रयोगशालाले नियामक निकायको समेत काम गर्ने बताए । ‘प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेशअन्तर्गत सञ्चालनरत प्रयोगशालाहरूको गुणस्तर नियन्त्रण र अनुगमनसमेत गर्नेछ,’ उनले भने, ‘प्रयोगशालासम्बन्धी तालिम र सर्भिलेन्समा विशेष ध्यान दिइनेछ ।’

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पहिलो नेतृत्व सपना सुवेदीले पाएकी छिन् । उद्घाटन समारोहमा सुवेदीले अहिले प्रयोगशाला भ्रूण अवस्थामा रहेकाले यसलाई प्रदेश सरकार र विज्ञहरूको सुझाबअनुसार विकास गर्दै लाने बताइन् । उनले प्रयोगशालाले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय