मौसमी रुघाखोकीबाट बच्ने १० उपाय

हेल्थपोस्ट
प्रकाशित
२०७६ कार्तिक ९ गते १०:०५

चिसो मौसमको सुरुवातसँगै मानिसमा रुघाखोकीको समस्या देखापर्छ । मौसम प्रतिवर्तनसँगै प्रायः मानिस रुघाखोकीको संक्रमणमा पर्ने गर्छन् । रुघाखोकी विश्वमा सबैभन्दा बढी हुने संक्रामक रोग हो । विशेषगरी, वर्षायाम तथा जाडो मौसमको सुरुवातमा रुघाखोकी देखिन्छ । वर्षमा प्रायः एक–दुईपटक सबै मानिसलाई रुघाखोकी लागिरहको हुन्छ । यसलाई हामी समान्य सम्झेर वास्ता गर्दैनौँ । तर, बालबालिकालाई रुघाखोकी लागेका वेला वास्ता नगर्दा यसले निमोनियाको समस्या उत्पन्न गराउन सक्छ । त्यसैले समयमै सर्तक हुनु आवश्यक छ ।

लक्षण
– रुघाखोकी लाग्नु,
– घाँटी दुख्नु,
– भोक नलाग्नु,
– शरीर सिथिलता महसुस हुनु,
– ज्वरो आउनु,
– टाउको दुख्नु,
– वाकवाकी लाग्नु,
– श्वास फेर्न गाह्रो हुनु ।

बच्ने उपाय
– संक्रमित व्यक्तिबाट टाढा रहनुपर्छ ।
– मुखमा मास्क लगाउनुपर्छ ।
– भिडभाड हुने ठाउँमा सकभर नजाने गर्नुपर्छ ।
– बारम्बार साबुनपानीले हात धुनुपर्छ, व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।
– रुवाखोकी लागेको संक्रमित व्यक्तिको लुगा–कपडा तथा अन्य सामान प्रयोग गर्नुहुँदैन ।
– चिसो, धुलो, धुँवाबाट बेच्ने उपाय अपनाउनुपर्छ ।
– प्रशस्त मात्रामा तातो सुप खाने, तातो बाफ लिने, तातोपानी पिउने गर्नुपर्छ ।
– मुख, नाक र आँखामा अनावश्यक रुपमा हात लैजानुहुँदैन ।
– ज्वरो, रुवाखोकी लागेको बिरामीलाई घरेलु उपचारले निको नभए तुरुन्तै अस्पताल लाने गर्नुपर्छ ।
– रुवाखोकी लागेका बिरामीले सकभर हावा ओहोर–दोहोर हुने कोठामा आराम गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय