नर्भिकको सबै प्रदेशमा बहुआयामिक विशिष्ट हस्पिटल सञ्जाल निर्माण योजना सार्वजनिक, अत्याधुनिक भवन शिलान्यास

थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले नेपाली स्वास्थ्यसेवाका क्षेत्रमा आमूल परिवर्तन गर्दै राष्ट्रलाई स्वास्थ्यसेवामा आत्मनिर्भर बनाउन ७ वटै प्रदेशका बहुआयामिक एवम् विशिष्ट हस्पिटलहरुको सञ्जाल निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । राष्ट्रको वर्तमान र भविष्यको समेत आवश्यकताअनुसार स्वास्थ्यसेवालाई समयसापेक्ष बनाउँदै आधुनिकीकरणका माध्यमबाट साधनसम्पन्न तुल्याएर अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप योजना तयार गरिएको अस्पतालको भनाइ छ ।

हस्पिटलले थापाथलीमा अत्याधुनिक नयाँ भवन निर्माणार्थ शुक्रबार अपराह्न भूमिपूजन तथा शिलान्यास गरेको छ । नयाँ भवनको निर्माणपश्चात् नर्भिक २०० शय्याको अत्याधुनिक सुविधासम्पन्न र पूर्वाधारयुक्त हस्पिटलका रुपमा विकसित हुनेछ । हस्पिटलको प्रस्तावित नयाँ भवन चिकित्सा फाँटका तेस्रो पुस्ताको अति विशिष्ट प्रविधि र साधन–सुविधाले सुसज्जित हुने र विश्वस्तरीय स्वास्थ्यसेवा पु¥याउन आवश्यक सबै आधुनिक साधन–सुविधा जडित हुनेछ ।

हस्पिटलका अध्यक्ष श्री वसन्तकुमार चौधरीले अपराह्न विशेष समारोहका बीच नवीनतम हस्पिटल भवन निर्माणार्थ भूमिपूजन तथा शिलान्यास गरे । नयाँ भवनको प्रस्तावित निर्माण क्षेत्र १ लाख ५४ हजार ७ सय ७० दशमलव १ वर्गफिट हुने र भूमि÷जग्गाबाहेक परियोजनाको जम्मा लागत करिब दुई अर्ब रहेको बताइएको छ । अत्याधुनिक नयाँ भवन निर्माण परियोजना आगामी तीन वर्षभित्र सम्पन्न भइसक्नेछ । नयाँ भवनमा इमर्जेन्सी बेड २०, क्रिटिकल बेड ५६, जनरल बेड ४२, सेमिप्राइभेट बेड ३२, प्राइभेट बेड ३३, डिलक्स सुट्स १२, भिआभी सुट्स ४ र प्रेसिडेन्टल सुट १ बेड रहने अस्पतालले जनाएको छ ।

नेपाली चिकित्सा फाँटमै नवीनतम यस परियोजनाको डिजाइन नेपाली आर्किटेक्चर र परियोजना व्यवस्थापन कम्पनीमध्ये अग्रणी कम्पनी केज कन्सल्ट प्रालिले गरेको छ । निर्माण हुने नवीनतम भवनको आन्तरिक साज–सज्जाका सम्पूर्ण काम सिंगापुरको एक ख्यातिप्राप्त कम्पनीले गर्नेछ । ०५० काठमाडौंमा स्थापित नर्भिक इन्टरनेसनल हस्पिटल अन्तर्राष्ट्रियस्तरको बहुआयामिक एवम् वहुवैशिष्ट्ययुक्त टेरटायरी केयर हस्पिटल हो । राष्ट्रकै उत्कृष्ट चिकित्सकीय विशेषज्ञहरु तथा अत्याधुनिक चिकित्सा प्रविधिको संयोजन गर्दै विश्वस्तरीय स्वास्थ्य सेवाप्रदायक संस्था बन्ने उद्देश्यमा अघि बढिरहेको अस्पतालले जनाएको छ ।

यसका लागि नेपाली स्वास्थ्यसेवाका क्षेत्रमा आमूल परिवर्तन गर्दै राष्ट्रलाई आत्मनिर्भर र अग्रगामी बनाउन तथा राष्ट्रको वर्तमान र भविष्यको समेत आवश्यकताअनुसार यसलाई समयसापेक्ष, आधुनिकीकरण गर्दै साधनसम्पन्न तुल्याउँदै देशका सातै प्रदेशका मुख्य स्थानमा बहुआयामिक एवम् अति विशिष्ट हस्पिटलहरुको सञ्जाल निर्माण गर्ने योजना सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय